Logo माघ ६, २०७७ मंगलबार


एमसीसी पास गर्नु एक हात काट्नु जस्तै हो : खतिवडा (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) पास गर्नु नेपालका लागि घातक हुने बताउनुभएको छ । एमसीसीभित्रका विवादित बुँदामा संशोधन नगरी आँखा चिम्लिएर हतारोमा पास गर्नु नेपालका लागि दुर्भाग्य हुने खतिवडाको दाबी छ ।

महाकाली सन्धि भन्दा खतरनाक एमसीसी सम्झौता रहेको बताउँदै खतिवडाले एक हात काटेर अमेरिकालाई चढाउने प्रयास नगर्न सरकारलाई आग्रह गर्नुभयो । पार्टीभित्र प्रयाप्त छलफल बहस गरेर पनि एमसीसी पास नगराउने पक्षमा बहुमत हुँदा हुँदै अनपेक्षित ढिपी गर्नु सरकारको लाचारीपन रहेको उहाँको दाबी छ ।

फरक प्रसंगमा बोल्दै खतिवडाले सरकारले ल्याएको बजेट महत्वकांक्षी रहेकाले कार्यान्वयनमा केही चुनौति देखिने बताउनुभयो । यद्यपी सरकारले ल्याएको बजेट समय सापेक्ष रहेको उहाँको आंकलन छ ।

भिडियो हेर्नुहोस् : 

प्रतिक्रिया दिनुहोस्
विशेष

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।

अनलाइन संचारमाध्यम नवीकरण गर्ने ब्यवस्था खारेजीको माग गर्दै सर्बोच्चमा रिट दायर भएको छ ।

एक पटक दर्ता भएको पत्रिका कहिल्यै दर्ता खारेज नहुने गरी कानुनले संरक्षण गरेको छ ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले संकटकाल लगाएर अथवा अन्य असंवैधानिक कदम चालेरै भएपनि ५ वर्ष प्रधानमन्त्री बन्न चाहेको उल्लेख गर्दै ओलीले…