Logo मंसिर ११, २०७७ बिहीबार


छुट्टीमा रहेका कामदार अगष्ट १ देखि कतार फर्कन पाउने

काठमाडौं । कतारले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न विभिन्न क्षेत्रमा लगाउँदै आएको प्रतिबन्ध क्रमिक रुपमा चार चरणमा हटाउने भएको छ । चौथो चरणमा स्थिति सामान्य बन्दै गएपछि बिशेष सावधानी अपनाउँ दै सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाइने विपत व्यावस्थापन समितिकी प्रवक्ता लोल्वाह बिन्त रशिद अल खतेरले पत्रकार सम्मेलन मार्फद जानकारी दिएकी छिन् ।

पहिलो चरणमा जुन १५ देखि केही मस्जिद, सपिङ्ग सेन्टर, पार्कहरु,निजी स्वास्थ्य संस्थाहरु खोलिनेछ । दोश्रो चरणमा जुलाई १ देखि सीमित घण्टाको लागि महलहरू खोलिनेछ भने सीमित क्षमता र विशिष्ट घण्टाको लागि बजारहरू खुल्दै जानेछन् । कम क्षमताको साथ सिमित रेस्टुरेन्टहरू खोलिने छन् भने सीमित क्षमता र विशिष्ट घण्टाको लागि संग्रहालय र पुस्तकालयहरू खोलिने छन् ।

तेश्रो चरण, अगष्ट १ देखि बिमानस्थल, किनमेल गर्ने सम्पूर्ण मार्केटहरु, स्वास्थ्य क्लब, फिटनेस हल, पौंडी पोखरी, सैलुन र मसाज केन्द्रहरू खोलिने भएको छ । यससँगै कोराना भाइरस संक्रामण कम भएका देशहरुबाट छुट्टीमा रहेका कामदारहरु कतार फर्किन पाउने छन् । तर फर्केकाहरु १४ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताउनुभयो…

सरकारी काममा बाधा हुनेछ । अचानक यात्रा हुनेछ । शरिरमा विसञ्चो देखिनेछ ।

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।