Logo असार १, २०७८ मंगलबार


‘सरिता गिरी मार्का असफल भयो’

काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले संसदले लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास हुनुलाई महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । माले महासचिव मैनालीले संसद भित्र र बाहिरका राजनीतिक दल तथा आमजनताको व्यापक समर्थन सहितको दबाबका कारण सरकारले ढिलै भएपनि यस्तो प्रस्ताव संसदमा दर्ता गरेपछि देखिएको सर्वसम्मतिका कारण सरिता गिरी मार्का पराजित भएको बताउनुभयो ।

भारतले नेपाली भूमी समेटेर नयाँ नक्शा जारी गरेको लामो समयसम्म प्रधानमन्त्री र भूमिसुधार मन्त्रीमा नक्शा फिर्ता ल्याएर मात्रै संशोधन विधेयक दर्ता गर्ने मनसाय देखिएपनि जनदबाबका कारण लामो समयपछि यस्तो पहलकदमी लिन तयार भएको मैनालीको भनाइ छ । जनता समाचारसँग कुरा गर्दै नेता मैनालीले भन्नुभयो, ‘प्रधानमन्त्री र भूमिसुधार मन्त्री भूमी फिर्ता लिएर मात्रै नक्शा छाप्ने पक्षमा हुनुहुन्थ्यो तर देशभित्र र बाहिरका नेपालीहरु, सबै राजनीतिक दल तथा देशभक्त तप्काले तमुल ध्वनी उठाएकाले सत्तारुढ पार्टीभित्रको समिकरणको प्रभावबाट समेत सरकार यो कदम चाल्न बाध्य भयो ।’

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका मैनालीले नयाँ नक्शा सार्वजनिक गर्ने कुरा कोही व्यक्तिको करामत अर्थात सरकार एक्लैले गरेको नभई यसमा सम्पूर्ण नेपालीको समर्थन रहेको बताउनुभयो । संसदमा रहेका सबै राजनीतिक पार्टीहरु सरकारको प्रस्तावमा सहमत हुनुले सरिता गिरी मार्काको आफ्नै भूमीप्रति घात गर्ने, लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो भनेर म त मान्दिन भनेर नांगै भन्ने र नेपालको नागरिक हुने तर आफ्नो भुखण्डको विपरित बोल्ने प्रवृत्ति गलत साबित भएको उल्लेख गर्दै मैनालीले यस्ता मानिसहरुलाई संसदबाट हटाउनु पर्ने बताउनुभयो । मैनालीले भन्नुभयो, ‘सरकारले यस्ता मान्छेलाई तिम्रो अंगिकृत नागरिकता खारेज किन नगर्ने भनेर प्रष्टिकरण सोध्नुपर्छ र यदि जवाफ सन्तोषजनक आउँदैन भने उनको नागरिकतालाई खोस्न सक्नुपर्छ, यो गर्ने बेला आएको छ तर सरकारले गरिरहेको छैन । सरिता गिरी रहेको पार्टीले समेत उनी एक्लैको भारतसँग नसोधिकन नक्शा निकाल्नु हुँदैन भन्ने भनाइको विरुद्ध सरकारी प्रस्तावको समर्थन गर्नु अत्यन्तै सकारात्मक छ ।’

सरकारले विधेयक ल्याएर राम्रो गरेको उल्लेख गर्नुहुँदै मैनालीले अब सरकारले व्यवहारमा कसरी आफ्नो भूमी फिर्ता ल्याउन सकिन्छ, त्यतातिर लाग्नुपर्ने धारणा राख्नुभयो । नेपाली भूमी हाम्रो हो भन्ने तथ्यसहितको नक्शा राखेर नेपालले एउटा बुकलेट प्रकाशित गर्नुपर्ने र कूटनीतिक संवादमार्फत भारतसँग वार्ताका माध्यामबाट सीमा समस्याको समाधान गर्नुपर्नेमा मैनालीले जोड दिनुभयो ।

रेडियाे जनतासँग मैनालीले गर्नुभएकाे संवाद :

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…