एमसीसी इन्डो प्यासिफिक रणनीतिकै अंग हो – लेखनाथ न्यौपाने (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कम्प्याक्ट आइपीएसको अंग भएको स्पष्ट पार्नुभएको छ । एमसीसीमा नेपाल जाने की, नजाने ? भन्ने विषयमा गहन छलफल हुनुपर्ने बताउँदै न्यौपानेले एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग हो, होइन भन्नेमा नअल्झिन सरकारलाई आग्रह गर्नुभयो ।
जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा खेम बमसँग कुरा गर्दै नेता न्यौपानेले श्रीलंका सरकारले एमसीसीले भने बमोजिम सम्झौता नमानेपछि अमेरिका आफै पछाडि हटेको बताउनुभयो । एमसीसीको बदलामा नेपालको सांसद क्षेत्र विकास कोषको पाँच वर्षको रकमले विकास गर्न सकिने न्यौपानेले विकल्प प्रस्तुत गर्नुभयो ।
भिडियो हेर्नुहोस :