Logo मंसिर १४, २०७७ आइतबार


वनमाराको झाडीमा अलैंची खेती फस्टाएपछि

बन्दना पोखरेल
पाल्पा ।
 वनमाराको झाडीमा अलैंची खेती फस्टाएर आम्दानी बढ्न थालेपछि निस्दी गाउँपालिकाका स्थानीयमा  खुशी छाएकाे छ ।  निस्दीको वडा नम्बर ३ झिरुबास्थित खादरका बासिन्दाले अलैंची खेतीबाट  १५ लाख रूपैयाँ भन्दा कमाउने  आश गरेका छन् ।

अलैंची खेतीका कारण पहिले वनमाराको झाडी रहेको पाखो अहिले हेर्न लायक मात्रै होइन, स्थानीयको आयस्रोतको प्रमुख क्षेत्र बन्दै गएको छ । गाउँपालिकाकाे ‘एक वडा एक पकेट’ कार्यक्रम अन्तरर्गत खादर बासीले अलैंची खेती थालनी गरेको वडाध्यक्ष लक्ष्मीप्रसाद पाटाले जानकारी दिनुभयो ।

खादरका ७५ घरधुरी उपभोक्ता मिलेर करिब २ सय रोपनी क्षेत्रफलमा लगाएको अलैंचीको फल बिक्रीका लागि नवलपुरको अरुणखोलामा लैजाने गरिएको उपभोक्ता  समिति अध्यक्ष मनुराज खाम्चाले बताउनुभयो । यस वर्ष निस्दी गाउँपालिकाको कृषि शाखाबाट १ लाख ८७ हजार ५ सय अनुदान र उपभोक्ता समितिको तर्फबाट ६२ हजार ५ सयको लागतमा अलैंची खेती गरिएकाे शाखा संयोजक खिमराज कोइरालाको भनाइ छ । संयोजक कोइरालाले भन्नुभयो, ‘चालु आर्थिक वर्षको अनुदानबाट फल काट्ने मेसिन, विषादी छर्ने स्पेयर, ढुसीनाशक विषादी र लमजुङ जिल्लाबाट १४ हजार बिरुवा खरिद गरिएको छ ।’

यो पटक असारमा फल्नुपर्ने फल वर्षाका कारण जेठमै फलेको कृषि प्राविधिक त्रिमला पाटाले बताउनुभयाे । स्थानीय समाजसेवी ओमलाल खनगाहा भन्नुहुन्छ, ‘शुरुमा स्थानीय  शिक्षक तुलबहादुर वयम्बुले २०६५ सालमा इलाम भ्रमण जाँदा अलैंचीको बिरुवा ल्याएर लगाउँदा राम्रो  भएपछि अरु आकर्षित भएका थिए । अलैंची खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले  खादर बासी हौसिएर अलैंची खेतीमा लागिपरेका छन् ।’

अब अलैंचीको बजार भाउ प्रतिकिलाे १५०० देखि २००० सम्म हुनसक्ने कृषि शाखा प्रमुख कोइरालाको अनुमान छ । गाउँमा अलैंचीको खेती फस्टाउदै गएपछि स्थानीयलाई आर्थिक रुपमा राम्राे टेवा मिल्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।