Logo बैशाख २, २०७८ बिहीबार


यसरी कुहिन थाल्यो बारीमै तरकारी

बागलुङ । बडिगाड गाउँपालिका वडानम्बर ६ का वीर बहादुर खत्री आफ्नो बारीमा फलेको काक्रोको भारी बोकेर बुर्तिबाङ बजार जान्छन । तर बेच्नका लागि बुर्तिबाङ पुर्‍याइसकिएको एक गाडी काक्रो बेच्नमा तगारो बनिदिन्छ, लकडाउनको कार्यान्वयनमा जुटेको नेपाल प्रहरी । रोइकराइ गर्दागर्दै बल्लतल्ल बजार पुर्‍याएको काक्रो लकडाउनका कारण भन्दै  बजारबाट घर फर्काइदिन्छ प्रहरी ।

‘एकातिर बाटोमा प्रहरीले लखेट्ला कि भन्ने डर त अर्कोतिर कोरोना सर्ने हो कि भन्ने चिन्ता हुँदासमेत डरैडरले काक्रो लिएर बुर्तिबाङ पुगेँ तर बजार पुग्नासाथ बजार बन्द छ भनेर प्रहरीले काक्रो बोकेको गाडी नै फिर्ता गरिदियो’ वीर बहादुरले भने । गाडी पनि खासै नचलेको र दैनिक एक क्विन्टल उत्पादन हुने काक्रोले बजार नपाउँदा जोखिम नै मोलेर बुर्तिबाङ बजार पुगेकाे वीर बहादुर बताउँछन । भन्छन्, ‘काक्रो लिएर बजार गए पनि बिक्री नभएपछि गाडीको भाडा दिनेसमेत पैसा भएन ।’

‘फर्काएको काक्रो तीन दिनपछि हेर्दा त पहेँलपुर बन्यो । आलु भएको भएपनि भकारी हालेर राख्न सकिन्थ्यो । पानीको जात, थुपारी राख्न पनि मिलेन, फाल्दियौं’ वीर बहादुरले भने, ‘अघिल्लो वर्ष १०० क्विन्टल काक्रो बेचेको थिएँ, यो पटक सखापै भयो ।’

काक्रोजस्तै विभिन्न तरकारी बिक्री वितरणबाट वर्षेनी ५ लाखसम्म आम्दानी गर्ने गरेका खत्री अहिले १० हजारमा झरेका छन् । ‘वर्षेनी तरकारी बेचेर ५ लाखसम्मको आम्दानी हुन्थ्यो, लकडाउनले बजार पाउन छोडेपछि घरमा आएर किन्नेहरू बाहेक तरकारीको बिक्री हुनै छाड्यो’ उनले भने ।

केही समय अघि सिंगापुर जाने सपना बोक्दा करिब ८ लाख दलालले खाइदिएपछि विदेशको सपना देख्न छोडेका वीर बहादुर खत्री कृषि कर्ममा निकै सक्रिय रहेपनि आफ्नो उत्पादनले बजार नपाउँदा मर्कामा परेका हुन । २०५५ सालदेखि कृषि कर्ममा क्रियाशील खत्रीलाई यो वर्ष आफ्नो बारीमा फलेको तरकारीले बजार नपाउँदा अत्यन्तै पीडा महशुस भइरहेको छ ।

कृषि व्यवसायबाटै ८ जनाको परिवार धान्दै आएका खत्री लकडाउनका कारण व्यापार ठप्प बनेपछि परिवारको लालनपालन र छोराछोरीको पढाइ खर्चमा समेत बाधा पुग्ने हो कि भनेर चिन्तित देखिन्छन । अहिले उनको कृषि फर्ममा कुखुरा, मौरी र बाख्रापालनका साथै प्याज, बन्दा, सीमी र काक्रोलगायतका तरकारी लटरम्म फलेका छन ।

लकडाउनको समयमा कृषकको उत्पादन यसरी खेर गइरहेको अवस्थामा सरकारी निकायले बिक्रीको बन्दोबस्त मिलाइदनु पर्ने हो । तर दिनानुदिन बारीको उत्पादन कुहिन लागेर चरम पीडा भोगिरहेका कृषकको घाउमा मल्हम लगाउन सरकारका कुनै संरचना पहल गरिरहेका छैनन । किसानको उत्पादनको मूल्य तोक्ने र बिक्री नभए राज्यले जिम्मा लिने भनिए पनि व्यवहारमा त्यस्तो देखिदैन । त्यसैले खत्रीजस्तै मर्कामा परिरहेका कयौं किसानतर्फ सरकारले बेलैमा नजर लगाउने हो कि ?

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।