पप्पीकाे यादमा टहलिएकाे पल

एसएलसी पास भएको झण्डै दश वर्ष भइसकेछ र मैले घर छोडेको पनि त्यति नै वर्ष पुरा भइसकेको छ । मैले घर छोडेपछि हालसम्म मेरो घरले तीनओटा स्वरुप परिवर्तन गरिसकेको छ तर स्थान भने उही नै छ ।

गाउँमा नयाँ घर थपिएका छन् गाउँ फेरिएको छैन । अपरिचित अनुहारहरु धेरै देखिन्छन्, अपरिचित अनुहार धेरै भएपनि गाउँमा पुरानै माटोको सुगन्ध आउने गर्दछ ।

दश वर्षको अवधिमा धेरै ठाउँ पुगियो । धेरै मान्छे चिनिए । घरलाई नै केन्द्र विन्दुमा राखेर भारत वर्षको दक्षिणी सिमानादेखि उत्तरी सीमाका केही स्थान घुम्ने मौका पाइयो । तर घर आउने जाने क्रम कहिले रोकिएन ।

घरमा आउँदा जाँदा आमाभन्दा अगाडि सधैँ स्वागत र विदाई गर्ने गर्दथ्यो पप्पी । पप्पी कुकुरको सानो वच्चालाई भनिन्छ । सानै छँदा दाईले अलि टाढाबाट कुकुरको बच्चाई लिएर आउनुभएको थियो । कुकुरको सानो बच्चालाई माया गरेर हामीले पनि पप्पी नै भन्ने गर्थ्याैं।

छिमेकी घरको काकाको छोराले ल्याउनुभएको पप्पीलाई सानो छँदा आफैसँग सुताउने, नुहाउने र सँगै खाना खुवाने गर्नुहुन्थ्यो । पप्पीको उमेरभन्दा केही वर्ष मात्रै ठूलो भएकाले पप्पीसँग हुर्के बढेको थिएँ म पनि ।

पप्पी एक्लो थिएन । मानिस बाहेक उसको संरक्षक थियो काले । काले पप्पीभन्दा केहीवर्ष जेठो थियो र साहसी पनि थियो । दुबै कुकुर भएपनि छुट्टाछुट्टै जाति प्रजातिका थिए । तर कालेले पप्पीलाई आफ्नै सहोदर भाइ बराबरकै माया गर्दथ्यो ।

हाम्रो सानो टोल थियो । आफ्नै परिवार मात्रै बस्ने दश घर जतिको टोल थियो । टोल भरमा परिचित थिए काले र पप्पी । सबैको घरमा खाना खाने समय फरक पनि हुन्थ्यो, सँगै पनि हुन्थ्यो । सबैको घरमा खानाखान पुग्थे पप्पी र काले । अनि सबै घरको सामुहिक रुपमा संरक्षण पनि ।

टोलमा आएका पाहुना र अपरिचितलाई राम्रोसँग छुट्याउने कला थियो दुबैमा । मान्छे मात्रै होइन छाडा गाई वस्तुलाई पनि आफ्नो क्षेत्रमा मिनेटभर पनि बस्नै दिदैनथे दुबैले । कहिलेकहीँ टोल छिमेकका घरमा मनमुटाव हुँदा समेत समान व्यवहार गरी आफै संसारमा रमाईरहेका हुन्थे ।

टोल छिमेकमा नयाँ कुनै कुकुर आए शत्रु झैँ व्यवहार गर्दथे तिनीहरुले । नयाँ कुकुरलाई लखेट्ने कामको नेतृत्व गर्ने गर्दथ्यो कालेले र पप्पी अलि परैबाट कराएर कालेलाई साथ दिने गर्दथ्यो ।

हाम्रो स्कूल घरभन्दा टाढा थिएन । पाँच मिनेटभित्रै स्कूल पुग्न सकिन्थ्यो । स्कूल जाँदा पप्पी र काले पनि स्कूलै जान खोज्थे । केही मिटर टाढा पुर्याएर घर फर्कने पप्पी र काले कहिलेकहीँ स्कूलसम्म नै पुर्याउन जान्थे ।

यो वर्ष घर जाँदा फरक दृश्य थियो । घर पुग्नुभन्दा केही मिटर टाढैबाट स्वागत गर्ने पप्पी देखिएन । बाटैबाट याद आईरहेको थियो पप्पीको । घरको चारैतिर हेरेँ तर पप्पी देखिनँ । आमालाई सोधेँ ‘पप्पी खाेई आमा’ ! ‘रहेन पप्पी’ आमाले चित्त दुखाइदुखाइ भन्नुभयो । उमेरले १५ वर्ष कटाइसकेको पप्पीको निधन भइसकेको रहेछ । कदले सानो आकारको पप्पी हेर्दा सानै देखिन्थ्यो । कुकुरको औसत आयु १५ वर्ष कै हाराहारीको हुने भएपनि अझै केही वर्ष बाँच्ने आशा थियो मनमा ।

घर छोडेर काठमाडौं आउने बेला अन्तिम पटक भएर होला अरु वर्षको भन्दा टाढासम्म छोड्न आएको थियो पप्पी । पप्पीको संरक्षक, अभिभावक काले पप्पीभन्दा केही महिना अगाडि नै मरिसकेको थियो । त्यसयता काले बिनाको पप्पी एक्लिएको थियो । घरकै खानाखान हुरुक्कै हुने पप्पीले कालेको निधनपश्चात पहिलेको तुलनामा खाना खान पनि छोडेको कुरा मलिन अनुहारमा आमाले सुनाउनुभयो ।

साथीभाइ वा नातासम्बन्धीका घरमा एकैपटक मात्र भेटिएका कुकुरकाे समेत ख्याल गर्ने मेराे बानी आफ्नै घरमा बर्साैँ पालेकाे कुकुर मर्दा एकपटक त भावविह्लल नै भएँ । पप्पी र कालेकै सम्झनामा टहलिदै रात परेकाे पत्तै भएन मलाई ।आमाले खाना खान आउ बाबु भनेर बाेलाउनु भएपछि निद्राबाट ब्युझिएजस्तै भएँ । हस् आमा भन्दै भान्छातिर लागेँ । त्यसदिनकाे खाना जतिसुकै मीठाे भएपनि खल्लाे महसुस भयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…