एमसीसीबारे डा. संग्रौलाको आग्रह– ‘सभासदज्यू पढिदिनु प-यो’ (भिडियोसहित)
‘एमसीसी नेपालबाट छाड्ने छैन, २५ अर्ब रकम कहाँ जान्छ ?’

काठमाडौं । पूर्वमहान्यायधिवक्ता एवम् अन्र्तराष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज संग्रौलाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्टका प्रावधानहरु नेपालको सार्वभौमिकता विपरित रहेको दाबी गर्नुभएको छ । सांसदहरुलाई एमसीसी सम्झौताबारे अध्ययन गर्न आग्रह गर्दै डा. संग्रौलाले अमेरिकाको इन्डोप्यासिफिक स्टार्टिजीमा आधारित एमसीसी नेपालको राष्ट्रियता भन्दा माथि हुन नसक्ने बताउनुभयो ।
जनता टेलिभिजनको कार्यक्रम सन्दर्भमा कुरा गर्दै डा. संग्रौलाले २०१७ मा भएको सम्झौता अनुरुप २०१९ मा गरिएको सम्झौतामा केही परिमार्जन भएको बताउनुभयो । २०१९ को सम्झौता अनुसार एमसीसीमा कर्मचारी बन्न नागरिकता र राष्ट्रियताले नछेक्ने भनिएको छ । जसले नेपालमा लागू हुने एमसीसीमा हरेक देशका नागरिकको सहभागिता रहनेछ । तत्कालीन समयमा चीन र रुसले आफ्नो सहयोगलाई विश्वव्यापीकरण गरिरहेका बेला अमेरिकाले सन् २००४ मा नयाँ रणनीति अनुसार एमसीसीको स्थापना गरेको थियो । अमेरिकामा डोनाल्ड ट्रम्पको साशन आएपछि यसलाई परिष्कृत तुल्याएर इन्डोप्यासिफिक र आइपीएसको अंग बनाइएको छ ।
नेपालमा एमसीसी लागू भएपछि पाँच वर्षमा परियोजना सकिने भनिएतापनि परियोजनाको कपीराइट अमेरिकाको रहने हुँदा अमेरिका नेपालबाट कहिल्यै नछोड्ने तथ्य फेला परेको छ । करिब ६३ अर्बमध्ये ३८ अर्बको मात्रै पूर्वाधार निर्माण हुने र बाँकी रकम विभिन्न शीर्षकमा खर्च गरिने देखिएको छ ।
भिडियो हेर्नुहोस् :