Logo बैशाख १, २०७८ बुधबार


बस्ती खाली गर्न भारतीय सुरक्षाकर्मीको दबाब: मुसहर समुदाय चिन्तित

वद्यानन्द राम
राजविराज । भारतीय सुरक्षाकर्मीले बस्ती खाली गर्न दबाब दिन थालेपछि छिन्नमस्ता गाउँपालिका–३ मनसुकी टोलका मुसहर समुदाय चिन्तित बनेका छन् । चार पुस्तादेखि सीमा क्षेत्रमा बसोबास गर्दै आएका मनसुकी टोलका ७५ परिवारका करिब ३ सय मुसहर घरबिहिन हुने चिन्तामा परेका हुन् ।

सीमासँगै जोडिएको मनसुकी टोलमै जन्मिएर हुर्किएर वृद्ध भएका विनोद सदालाई काल नआएसम्म टोलमै बसेर नेपाली भुमि र समुदायको रक्षा गर्ने इच्छा थियो । तर भारतीय सुरक्षाकर्मीको दबाबले यति बेला उनी पनि चिन्तामा डुबेका छन् । विनोदसहित मनसुकी टोलमा ७५ परिवार मुसहर समुदाय चार पुस्तादेखि बसोवास गर्दे आएका छन् ।

केही समयदेखि बस्ती खाली गर्न भारतीय सुरक्षाकर्मीले पटक पटक दबाब दिँदै आएकोमा यतिवेला जेसिवी लगाएर बस्ती भत्काइदिने धम्की नै दिन थालेपछि उनीहरु चिन्तित बनेका हुन् । मुसहर समुदायले आफूहरुलाई उठिबास हुनबाट बचाइदिन सम्बन्धित सबै पक्षसँग आग्रह समेत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…