Logo कार्तिक १४, २०७७ शुक्रबार


ट्यांकरले स्कुटरलाई ठक्कर दियो, दुई जनाको मृत्यु

भक्तपुर । जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडानम्बर १० कमलविनायक भत्केकोपाटीमामा मोटरसाइकल पल्टिँदा युवकको मृत्यु भएको छ ।

बा ९५ प १४५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ नालीमा खस्दा चालक कमलविनायक बस्ने १७ वर्षीय रञ्जित माहाजु मृत्यु भएको छ । उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै पानी ट्याङ्कर स्कुटरलाई ठक्कर दिँदा महिलाको मृत्यु भएको छ । बा ५ ख ४३११ नम्बरको ट्याङ्करले बा ९२ प ७०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटरमा पछाडि सवार कागेश्वरी मनोहरा बस्ने ४५ वर्षीया लक्ष्मी कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते कार्की अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक दीपक गिरी गिरीले जानकारी दिनुभयो । ट्याङ्कर चालक रामेछाप मन्थली ३ घर भई भक्तपुर बस्ने ४१ वर्षका राजकुमार खत्री पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्म कर्म परोपकारमा समय जानेछ । फाइदा अरुले पाउनेछन् । अड्एिको काम सुचारु हुनेछ ।

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।