Logo फाल्गुन २१, २०७७ शुक्रबार


शेयर बजार एक साता हुने

काठमाडौं । नेपाली शेयर बजार असार पहिलो सातासम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको शेयर कारोबार थप चार दिन अर्थात् असार चार गते बिहीबारसम्म बन्द गर्ने निर्णय गरेको हो ।

बिहीबारसम्मको लागि बजार बन्द गर्ने निर्णय गरिएपनि बजार भने असार ६ गतेसम्म बन्द हुनेछ । असार ५ गते शुक्रबार र ६ गते शनिबार भएकाले त्यस दिनसम्म बजार बन्द हुने भएको हो ।

असार ७ गते आइतबरदेखि भने बजार खुलाउने पक्षमा बोर्ड र नेप्से देखिएको छ । यसअघि सरकारले लकडाउन थप गरेसँगै शेयर बजार जेठ ३२ गतेसम्मका लागि बन्द गरिएको थियो । सरकारले लकडाउन खुकुलो बनाए पनि शेयर बजार खुलाउनको लागि मोडालिटी तयारी नभइसकेकाले बोर्डले हालको लागि बजार बन्द गर्न निर्देशन दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ध्यानाकर्षण पत्रमा पार्टीको आधिकारिकता विवाद शीघ्र छिनोफानो गर्न आग्रह गरिएको छ ।

‘नेकपा अहिले संक्रमणको अवस्थामा छ, देशभरका नेता तथा कार्यकर्ताहरुको चाहनाबमोजिम पार्टी एकताका लागि अघि बढ्नुको विकल्प छैन ।’

फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा रणनीति बनाउनका लागि संसदीय दलको बैठक बोलाइएको हो।

उहाँले आगलागी पीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शुक्रवार) बसेको संसदीय दलको बैठकले उहाँलाई नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।

हस्ताक्षर कार्यक्रममा उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेल लगायत सरकारका मन्त्रीहरुको उपस्थिति थियो ।