Logo माघ १४, २०७७ बुधबार


ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिकामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ । रा १ त ७५७ नम्बरको ट्रयाक्टरले लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवान जीतेन्द्र चौधरीको मृत्यु भएको हो ।

मोटरसाइकलमा दङ्गीशरण गाउँपालिका १ बाकी जाँदै गरेका प्रहरी जवान चौधरीलाई श्रीगाउँबाट वालापुर आउँदै गरेको रा १ त ७५७ नम्बरको ट्याक्टरले आइतबार आइतबार ठक्कर दिएको दिएको हो । ट्याक्टरले ठक्करबाट घाइते जवानको राप्ती प्रादेशिक अस्प्ताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपरासी बर्दघाट सोमनाथ निवासी २७ वर्षीय चौधरी इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत जवान हुन् ।  दुर्घटनामा २२ वर्षीय शर्मिला चौधरी घाइते भएकी छन् । राप्ती प्रादेशिक अस्प्ताल उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मिले जानकारी दिएका छन् । ट्याक्टर चालक पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।

मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारबाही गरिएको हो ।

कुनैबेला ओली जनजाती विरोधी भएको हल्ला फैलाइएको भन्दै उहाँले यथार्थमा आफू विरोधी नभएको बताउनुभयाे ।

जनजातीहरूको वर्तमान आवश्यकता आर्थिक सम्पन्नता भएको र त्यसका लागि सरकारको स्थिरता र स्थायीत्वले महत्त्वपूर्ण भूमिका खेल्ने थापाकाे भनाइ छ ।

प्रचलित कानून बमोजिम प्रक्रिया पूरा गरी सदुपयोग, बिक्री वितरण तथा ओसार पसार खुल्ला गर्ने तयारी गरेको पनि बताउनुभयो।