Logo मंसिर ९, २०७७ मंगलबार


एन्फाद्वारा काेराेना राहत काेषका लागि १८ लाख निकास

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना भाइरस राहत कोषका लागि १८ लाख रुपैयाँ निकासा गरेको छ । एन्फाले आफ्नो माहतहमा रहेका जिल्ला फुटबल संघ र क्लबका लागि उक्त रकम कोरोना राहत कोषका लागि निकासा गरेको जनाएको छ ।

बाह्र जिल्ला संघ र बाह्र क्लबबाट प्राप्त फारामको समीक्षापछि एन्फाले उक्त रकम मंगलबार निकासा गरेको हो । यसअघि जेठ १९ गते बसको एन्फा बैटकले प्रत्येक जिल्ला संघ र क्लबलाई ७५ हजारका दरले दिने निर्णय गरेको थियो ।

एन्फाले बाँकी सबै क्लब र जिल्ला संघलाई राहत कोष दाबी गर्न आफ्नो सम्पत्ति फाराम प्रस्तुत गर्न पुनः अनुरोध गरेको छ । जारी गरिएको कोष फिफाले आफ्ना सबै सदस्य संघलाई परिचालन गरेको रकम हो । जुन कोरोना भाइरस महामारीले प्रभावित आर्थिक समस्याहरू सम्बोधन गर्न मद्दत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।