नेविसंघद्वारा त्रिवि उपकुलपतिमाथि हातपात, कुर्सी जलाइयाे

काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा.धर्मकान्त बास्कोटामाथि हातपात गरी दुर्व्यवहार गरेका छ । नेविसंघ विश्वविद्यालय इकाइको टोलीले बुधबार दिउँसो उपकुलपतिमाथि दुर्व्यवहार गरेका हाे ।
संघका विद्यार्थीले उपकुलपतिको कुर्सी सडकमा लगेर जलाएका हुन्। उपकुलपति, रेक्टर र रजिस्ट्रारकाे कार्यालयमा उनीहरुले ताला समेत लगाएको रजिस्ट्रार पेशल दाहालले जानकारी दिनुभयो । त्रिवि अन्तर्गतका विभिन्न संकायका डीन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थक मात्र नियुक्त गरेको भन्दै नेविसंघले विरोध गरेकाे हाे ।
यता त्रिभुवन विश्वविद्यालय कमिटीका अध्यक्ष सम्झना केसीले भने सिटौला पक्षधर समूहले उक्त अराजक क्रियाकलाप गरेको बताउनुभएको छ । जनतासमाचारसँग कुरा गर्दै अध्यक्ष केसीले यस घटनामा नेविसंघ त्रिवि समितिको कुनै सम्लग्नता नरहेको दाबी गर्नुभयो ।