चक्कुले हानेर पत्नीको हत्या, बानियाँ पक्राउ

काठमाडौं । चक्कुले हानेर पत्नीको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । टोखा नगरपालिका–३ बानियाटार हाईट बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनले ४० वर्षीया पत्नी सलिना खड्का बानियाँलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बानियाँले चक्कु प्रहार गर्दा उनकी पत्नीको घटनास्थलमै मृत्यु भएको थियो ।

हत्या भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट र महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…