Logo माघ ११, २०७७ आइतबार


निरन्तर वर्षाका कारण बागमतीमा बाढी

काठमाडाैं । यस वर्षको मनसुन भित्रिएपछि धेरैजसो स्थानमा वर्षा भइरहेको छ भने वर्षाका कारण कतिपय नदीमा बाढी आउन थालेको छ ।

वर्षाका कारण काठमाडौं उपत्यकाको महत्वपूर्ण नदी प्रणालीमा पर्ने बागमतीमा पानीको सतह बढ्न थालेपछि उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ । बागमती नदीमा मिसिन आउने हनुमन्ते, मनोहरा, रुद्रमती, विष्णुमती, नख्खुखोला लगायतमा वर्षाका कारण बढेको जल प्रवाहले बागमतीमा बाढी आएको हो ।

प्रत्येक वर्ष बाढीका कारण ठूलो धनजनको क्षति हुने गरेको अवस्थालाई मध्यनजर गर्दै बागमती नदी किनारमा स्थायी वा अस्थायी रुपमा बसोबास गरेका बासिन्दालाई हुनसक्ने क्षतिप्रति समयमै सचेत रहन सरकारी निकायले आग्रह गरेको छ । मनसुन सक्रिय भएसँगै देशैभर बाढीको त्रास बढेको र पानीमा विभिन्न फोहर आउने भएकाले बाढीका कारण बढ्न सक्ने रोगप्रति बेलैमा सचेत हुन भनिएको छ । बाढीका समयमा आफ्ना बालबालिकालाई नदीमा पस्न र पौडनबाट रोक्नुपर्ने जानाकारहरु बताउँछन् ।

पवित्र नदीका रुपमा लिइने बागमती उपत्यकाको उत्तरमा पर्ने शिवपुरी पर्वतबाट उत्पति भई सुन्दरीजल, गोकर्णेश्वर महादेव, पशुपति आर्यघाट, शंखमुल टेकु दोभान भई चोभार पार गरी तराई हुँदै भारत प्रवेश गर्दछ ।

देशको राजधानीमा पर्ने यसै नदीको किनारमा विकसित भएको सभ्यतालाई बागमती नदी सभ्यता भन्ने समेत गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रतिनिधि सभा विघटनविरुद्ध अहिलेसम्म भइका संघर्षका समिक्षा, भावि रणनीति तय गर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत…

देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे केही खुल्न नसकेको प्रहरीले बताएको छ ।

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएको हो ।

४९ वर्षीय राईले आफूभन्दा २९ वर्ष कान्छी युवती मोडल जाङ्मु शेर्पासँग लगन गाँठो कसेर चर्चामा रहुनभएको छ ।

हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने एस…

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको र संवैधानिक इजलासले यसबारेका प्रश्न गरेपछि माघ ५ गते…