मेष- प्रतिष्पर्धामा विवाद आउनेछ, व्यक्तिगत काम पर सर्नेछ । घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवम् नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवम् साथीभाइसँग नयाँ मित्रता गाँसिनेछ । पराक्रम बढ्ने एवम् पारीवारिक भेटघाट हुनेछ । वैदेशिक यात्राको योग पर्ने एवम् साझेदारी व्यवसायमा आम्दानी राम्रो हुनेछ । साताको अन्त्यमा भने अनावश्यक झमेला आउने तथा अरुबाट धोका मिल्न सक्नेछ ।
वृष- सन्तानको सहयोग मिल्नेछ । विद्याध्ययनमा प्रगति देखिन्छ । कला, संगीतमा रुचि जाने एवम आम्दानीको स्तर बढ्नेछ । खेलकुद एवम् प्रतिस्पर्धामा जित हुने तथा ठुला बडाबाट सहयोग मिल्नेछ । साथीभाइको सहयोगले काम बन्ने एवम् रमाइलो यात्रा हुनेछ । पारिवारिक मेलमिलाप एवम प्रेममा प्रगति देखिन्छ । नयाँ कामको योजना बन्नेछ । समझदारीमा पुरानो विवाद टुंगिनेछ ।
मिथुन- साताको शुरुमा मित्रतामा वाधा आउनेछ । काममा बाधा आउने, स्वास्थ्यमा खर्च बढ्नेछ । मानसिक चिन्ता बढ्ने एवम् घरायसी मामिलामा समस्या आउनेछ । स्वास्थ्यले समस्या दिने एवम् मित्रबाट असहयोग हुनेछ । साताको मध्यमा भने सन्तानबाट सहयोग मिल्ने, व्यापारमा फाइदा हुने एवम् सम्पति जोरजम्मा हुनेछ । साताको अन्त्यमा भने नोकरीमा फाइदा एवम शारीरिक परिश्रम एवम जिम्मेवारीको भार बढ्नेछ ।
कर्कट- जिम्मेवारी बढ्नेछ । पुरानो काम बन्दैजानेछ । छोटो यात्रा हुनेछ । दाजुभाइबाट सहयोग एवम् पारिवारिक मेलमिलापबाट काम बन्नेछ । काममा बाेझ थपिनाले काम अधुरो रहनेछ। हतारमा काम बिग्रिनाले आर्थिक व्यय हुनेछ । छातीको बिमार देखिने एवम् स्वास्थ्यमा खर्च हुनेछ । साताको अन्त्यमा भने अध्ययनमा रुचि जाने एवम् लगानीमा फाइदा मिल्नेछ । बौद्धिक जगतमा प्रशंसा मिल्नेछ ।
सिँह- धनकोे कारोवारमा वृद्धि हुनेछ । आफन्तको सहयोगमा काम अगाडि बढ्नेछ । सभा एवम् गोष्ठीमा सहभागिता मिल्नेछ । नयाँ योजना सुरु हुने एवम् पुराना कामबाट फाइदा मिल्नेछ । बोलीले काम बन्ने एवम् ठुलाबडा सँग भेटघाट हुनेछ । कामको जिम्मेवारी थपिने एवम् छोटो यात्राको योग बन्नेछ । भाइबन्धुको सहयोग मिल्ने एवम् परिवारमा सद्भाव रहनेछ । साताको अन्त्यमा भने प्रेममा मनमुटाव हुने, आपसी झैझगडा बल्झिने देखिन्छ ।
कन्या- आलस्यताले काममा अधुरो हुनेछ । फाइदा अरुले लिनाले लगानी खेर जानेछ । हतारमा काम बिग्रिनाले अपजसको भागीदार भइनेछ । साताको मध्यमा भने धनसम्पत्तिको जोहो हुने एवम् आर्थिक सहयोग मिल्नेछ । भोजभतेर एवम् साथीभाइसँग भेटघाट रहने तथा भोग विलासमा धन खर्च हुनेछ । साताको अन्त्यमा भने रमाइलोमा खर्च हुने, पैसाको अभाव रहने एवम् वैदेशिक कामबाट झन्झट मिल्नेछ । हिड्डुल बढी हुनेछ ।
तुला- सरसामान हराउन सक्नेछ । यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्च बढ्ने एवम् सरसहयोगमा धन सकिनेछ । मानसिक चिन्ता बढ्ने एवम योजनामा ढिलासुस्ती हुनेछ । साताको मध्यमा भने मित्रजन भेटघाट हुने एवम पारिवारिक सहयोग मिल्नेछ । प्रेममा प्रगति हुनाले शंका हटेर जानेछ । साताको अन्त्यमा भने व्यापारमा फाइदा एवम लगानीमा नाफा मिल्नेछ । धार्मिक काममा व्यस्तता बढ्ने एवं सम्पत्तिको सुख मिल्नेछ ।
वृश्चिक- आकस्मिक धनको लाभ हुनेछ । लगानीमा सन्तोष हुनेछ । आम्दानीको श्रोत देखिन्छ । धनको सहयोग मिल्नाले आँटेको काममा सफलता हुनेछ । कृषि एवम भुमिबाट फाइदा हुने पशुचौपायामा लाभ हुनेछ । माइति मावलीृ पक्षबाट सहयोग मिल्नेछ । राजनीतिमा पहुँच मिल्ने एवम सरकारी क्षेत्रबाट फाइदा हुनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या एवम पारिवारिक खर्च बढ्नेछ । अनावस्यक चिन्ताले दुष्मनी बढ्नेछ ।
धनु- सरकारी काममा सफलता मिल्नेछ । ठुुलावडाको सहयोगले पुरानो काममा प्रगति हुनेछ । नोकरी, रोजगारीमा सफलता मिल्नेछ । धनसम्पत्तिको सुख मिल्ने एवम काममा जस पाइनेछ । लेखन एवम कलाकारितामा रुचि बढ्ने तथा सामाजिक क्षेत्रमा प्रतिष्ठा कायम रहनेछ । लगानीमा फाइदा मिल्ने तथा व्यापार व्यवसायमा आम्दानी हुनेछ । साताको अन्त्यमा भने काम बिगार्ने अघि सर्नेछन् । गुप्त शत्रुको भय रहनेछ ।
मकर- सामाजिक एवं धार्मिक काममा समय व्यातित हुनेछ । विदेशबाट फाइदा मिल्नेछ । सामाजिक एवं परोपकारमा व्यस्तता हुनेछ । लामो यात्रा हुने एवम पारिवारिक भेटघाट रहनेछ । धर्म कर्ममा रुचि जाने एवम सामाजिक क्षेत्रमा पहिचान मिल्नेछ । पद, प्रतिष्ठा वृद्धि हुने एवम सम्मानको योग रहेको छ । ठुलाबडाको साथ मिल्नाले आम्दानीको स्तर बढ्नेछ । साताको अन्त्यमा धनको प्राप्ति हुनेछ एवं सवारी सुख मिल्ेनेछ ।
कुम्भ- काम अधुरो हुनेछ ।अनावश्यक लाञ्छना लाग्नेछ । काममा वाधा आउनाले खर्चको लागत बढ्नेछ । स्वास्थ्यमा समस्या हुने एवम प्रियजनबाट धोका हुनेछ । साताको मध्यमा भने धार्मिक यात्रा हुने एवम वैदेशिक कामबाट फाइदा मिल्नेछ । टाढाबाट सहयोग आउनाले अधुरा काम पुरा हुने देखिन्छ । साताको अन्त्यमा भने रोजगारीको अवसर मिलने एवम राजनीति एवम नेतृत्वमा राम्रो अवसर मिल्नेछ । जिम्मेवारी मा प्रशंसा आउनेछ ।
मीन- वैवाहिक सम्वन्धमा प्रगति हुनेछ । प्रेममा खुशी बढ्नेछ । साथी भाइको सहयोगमा सामाजिक काम बन्नेछ । साझेदारीमा फाइदा एवम व्यावसायिक यात्रा हुनेछ । जीवनमा साथीको सहयोगले महत्वपूर्ण काम बन्नेछ । साताको मध्यमा भने काममा धोका हुन सक्ने एवम स्वास्थ्यले समेत समस्या दिन सक्नेछ । धन बढी खर्च हुने तथा काम लम्बेर जानेछ । साताको अन्त्यमा भने भाग्यले साथ दिने, अधुरा काम बन्ने एवम राजतिक नेतृत्वसँग राम्रो सम्बन्ध स्थापित हुनेछ ।
र यो पनि पढ्नुहोस्ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटासम्पर्क : ९८५१०७१५७४ पशुपति जयवागेश्वरी