ओली भीमसेन बन्छन् कि जंगबहादुर इतिहासले देखाउँछ (भिडियाेसहित)

काठमाडौं । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले छिमेकी मुलुक भारतले नागरिकता प्रकरणमार्फत नेपाललाई आफूमा विलय गराउन प्रपञ्च रचिरहेको गम्भीर आरोप लगाउनुभएको छ । जनता टेलिभिजनको कार्यक्रम जन संवादमा पत्रकार दीपक पाण्डेसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता न्यौपानेले नेपालको स्वतन्त्र अस्तित्व देख्न नचाहिरहेको भारतले त्यही भएर नेपालमा नागरिकताको काण्ड मच्चाइरहने गरेको बताउनुभयो ।

‘२०३६ सालको जनमत संग्रहदेखि यताका घटना क्रम हेर्ने हो भने हरेक दश-दश वर्षमा नागरिकताको प्रकरण बल्झिने गरेको छ, यसको पछाडि नेपालका रैथानेलाई आप्रवासीमार्फत अल्पमतमा पार्ने गम्भीर षड्यन्त्र लुकेको छ’, वरिष्ठ अधिवक्ता न्यौपानेले भन्नुभयो, ‘भारत नेपालको सुरक्षा, परराष्ट्र र जलस्रोत आफ्नो मातहत लिएर भुटान जस्तै बनाउन चाहन्छ । तर त्यो उद्देश्य तत्काल सफल हुन नसकेकाले नागरिकता मार्फत आफ्ना नागरिक नेपाल छिराएर उखु खेती गर्न गएका भारतीयहरुका प्रतिनिधि महेन्द्र चौधरी प्रधानमन्त्री भएजस्तै यहाँ पनि फिँजीकरणको दिशामा लागेको छ ।’ अहिले राज्य व्यवस्था तथा सुशासन समितिबाट नेपाली पुरुषसँग विवाह गरेर आउने महिलाले सात वर्षपछि मात्रै अंगीकृत नागरिक पाउने व्यवस्थाले भारतीय योजनामा केही हदसम्म मात्रै चिर्न सकेकाले नागरिकतामार्फत मुलुकको अस्तित्व जोगाउन २०४७ सालको संविधानमा रहेको नागरिकताको प्रावधान पुनरजिवित गर्नुपर्ने सुझाव दिनुभयो ।

नागरिकतामा सातवर्षे प्रावधान र नेपालको नक्शामा लिम्पियाधुरा, लिपुलेख र कालापानीको भूभाग समेटिएको विषयले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी यात्रा सहज नदेखिएको उल्लेख गर्दै न्यौपानेले भन्नुभयो, ‘ओलीलाई मुलुकका दुई पूर्व प्रधानमन्त्रीहरु भीमसेन थापा र जंगबहादुर राणा बनाउने खतरा देखिएको छ तर उहाँ दुईमध्य के बन्नुहुन्छ त्यो थाहा पाउन इतिहास कुर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…