नेपालमा कोरोना संक्रमणबाट थप एकको मेत्यु

काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृतयु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । कैलाली घर भई चितवनको भरतपुर अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका लालपुरका ५० बर्षिय पुरुषको आज बिहान मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई असार एघार गते चितवन मेडिकल कलेजबाट भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनलाई कलेजोको क्यान्सर समेत भएको थियो । यसअघि कैलाली र गुल्मीका ३/३ जना, दैलेख, बाँके र बाराका २/२ जना, स्याङ्जामा दुई, दाङ, ललितपुर, कपिलवस्तु, सुर्खेत, अर्घाखाँची, पाल्पा, पर्सा, बाजुरा, चितवन, सिन्धुपाल्चोक, ललितपुर, डोल्पा र दोलखाका एक–एक जनाको मृत्यु भएको छ ।
र यो पनि पढ्नुहोस्