चियाङ् काइ सेकको नयाँ रुपान्तरण र नेकपा

चियाङ् काई सेक अर्थात् ताइवानी जनताका राष्ट्रवादी नेता । सन् १९२५ मा डा. सन् यात सेनको मृत्युपछि चिनियाँ क्वामिन्ताङ् पार्टीका नेता । यो पार्टीको एक राजनीतिक साझेदार तात्कालीन चिनियाँ कम्यूनिष्ट पार्टी । यी दुवै पार्टी केही समय सँगै रहे । अहिले पनि चिनियाँ कम्युनिष्ट पार्टी डा. सन् यात सेनलाई सगौरव स्मरण गर्नेगर्छ ।

चियाङ्काइ सेकको भनाइ राष्ट्रवादी थियो । उनी राष्ट्रियताका कुरा गर्थे । त्यही भ्रममा केही वर्ष उनीहरुसँगै रह्यो चिनियाँ कम्युनिष्ट पार्टी । तर चियाङ्काइ सेक, सम्बन्ध भने तिनताकका युद्धसरदारहरुसँग राख्थे । तिनका मतियार थिए । पछि कम्युनिष्ट पार्टीले सतर्क गराउन प्रयत्न गर्यो । त्यो प्रयत्न असफल मात्र भएन, शत्रुतापूर्ण व्यवहार झेल्नु पर्याे । तर जब जापानी साम्राज्यवादी सैन्य हमलामा चियाङ्काइ सेकले एक्लै नजित्ने देखे, बल्ल तात्कालीन समयमा जनयुद्ध गरिरहेको चिनियाँ कम्युनिष्ट पार्टीसित मिलेर जापानसँग लड्नुपर्ने परिस्थिति खडा भयो । अन्ततः जापान परास्त भयो । यस क्रममा चिनियाँ राजनीतिक परिवेश निक्कै बदलिसकेको थियो । कम्युनिष्ट पार्टी जनताका माँझमा तिब्रतर स्थापित भइरहेको थियो । चीनियाँ कम्युनिष्ट पार्टीको बढ्दाे प्रभावलाई रोक्न चियाङ्काइ सेक प्रशासनले कम्युनिष्ट पार्टी र त्यसका कार्यकर्तामाथि  निर्मम दमन हुन थाल्याे । चिनियाँ क्रान्तिका क्रममा माओत्सेतुङ् नेतृत्वको कम्युनिष्ट पार्टीले तिनै चियाङ्काइ सेक प्रशासनसँग निर्मम लडाइँ लड्नुपर्यो । यही क्रममा तिनलाई धपाउँदै धपाउँदै ताइवान टापुमा सीमित गरिदिए । यी राष्ट्रवादी नेता आज पनि अमेरिकाको असली धर्मपुत्र मानिन्छन् ।

देशको समृद्धि, एउटा राजा रहने वा नरहने विषयले भन्दा मुलुकमा सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पूँजीवादको शोषण दमन वा उत्पीडन रहने वा उच्छेद गर्ने भन्ने विषय प्रमुख हो । कर्पोरेटलाई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एकाधिकारी व्यापारी कम्पनीको सेवा गर्दा किसान बलियो हुन्छन् कि दलाल पूँजीपति वर्ग ?

यही आधारमा आज पनि ताइवानमा सैन्य बलको आड अमेरिकामा आधारित रहेको मानिन्छ ।आज चियाङ्काइ सेकका स्मरण गर्ने दिन किन आए ? आफैसित प्रश्न गरिरहँदा केही उदाहरण मिल्दा जुल्दा लाग्दैछन् ।

१.मदन भण्डारी र जबज
-‘नेपालमा मार्क्स जिवित छन्’ शीर्षकमा अमेरिकाबाट प्रकाशन हुने न्युजविक म्यागेजिनले मदन भण्डारीको अन्तर्वार्ता छाप्यो । यो अन्तर्वार्ता पढ्नेहरु धेरै अहिले नेपाल कम्यूनिष्ट पार्टीका नेता कार्यकर्ता नै हुनुहुन्छ ।

– जमिन जोत्नेलाई दिने, जमिन्दारलाई उद्योगपतिमा रुपान्तरण गर्ने, राष्ट्रिय अर्थतन्त्र सबल बनाउने र यो सब काम शान्तिपूर्ण तरिकाले कानूनी राज्यको निर्माणद्वारा पूरा गर्न सकिने भाव त्याे अन्तर्वार्ताको सार थियो ।

– जबज (जनताको बहुदलीय जनवाद), धेरैलाई बुद्धका महान वाणी जस्तो लाग्छ । पालना गर्नु नपर्ने, अरुलाई सिकाइरहन, भाषणमा जपिरहनु भने पर्ने । यसको मर्म जनवादमा हो, थियो । छलफल, तर्क, वादविवाद, निश्कर्षबाट यसको पालना, सामूहिक नेतृत्व यसको सार थियो ।

– अझ सरकार बनेपछि जनताको प्रत्यक्ष संलग्नतामा हरेक विषयमा गहन छलफल र विकासको योजना हुनु पर्ने मार्गदर्शन छ ।
– फरक विचार र दृष्टिकोणको सम्मानको विषय छ यहाँ ।

तर आज के देखिन्छ त ?
सरकार सामूहिकतामा चलेको देखिँदैन । पार्टीमा छलफल नै नगरी वा छलफल भएका भन्दा बाहिरका विषय नीति कार्यक्रममा, आर्थिक बजेटमा आउनु कसरी जनताको जनवाद हुन्छ ? नेता कार्यकर्ताको ठूलो पंक्ति ‘हो हो पाडरी र होइन होइन पाडरी’ मा सीमित देखिन्छ । आफूले भने जस्तो भए मिटिङ वैठक हुने नत्र अनेक बाहनामा त्यो टारिने विचित्रको परिस्थिति देखिँदैछ । यो मदन भण्डारी र जबजले विलकुल कल्पना नगरेका व्यवहार र आचरण हो ।

२. राष्ट्रवाद र राष्ट्रियता
देशको समृद्धि, एउटा राजा रहने वा नरहने विषयले भन्दा मुलुकमा सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पूँजीवादको शोषण दमन वा उत्पीडन रहने वा उच्छेद गर्ने भन्ने विषय प्रमुख हो ।

क. मदन भण्डारी
– कर्पोरेटलाई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एकाधिकारी व्यापारी कम्पनीको सेवा गर्दा किसान बलियो हुन्छन् कि दलाल पूँजीपति वर्ग ?
– विदेशी चरम गुलामीको नमूना महाकाली सन्धि होइन कसरी भन्नु ? जनता ढाँटिएका होइनन्, १ खर्ब, १० अर्ब रुपैयाँ बराबर स्याटेलाइटबाट विजुली बगेर आउँछ भनेर । आज समयले महाकाली सन्धिको राष्ट्रघात पुनः स्मरण गराएको छ । यसमा हामी ककसको के कति कमजोरी भयो यसबारे बोल्नुपर्दैन ?

ज्ञान, तथ्य र त्यसले भरथेग गर्ने तर्कलाई कम्युनिष्ट पार्टी र अझ नेतृत्वले हियाउने हेलोहोचो गर्ने कुरा कहीँ ठीक मान्न सकिन्छ ? आफूलाई प्रश्न गर्ने जति सबैलाई निर्लज्जताका साथ बैरी र अल्पज्ञानी भन्न मिल्छ ? ज्ञान र राष्ट्रियताको कुनै साइनो छ कि छैन ?

– अब अहिले सुनिदैछ, एकखाले छिमेकीसित पौठेजोरी खेल्ने खुलमखुला घोषणा गरेको शक्ति राष्ट्रसित सैन्य गठजोड सम्मको मार्गप्रशस्त गर्ने एमसीसीका लागि ठूला नेताहरुको बल मिच्याई चल्दैछ रे ? के यो राष्ट्रवादिता हो ? यस्तो कार्यले राष्ट्रियताको सम्वर्द्धन होला ?

– कुनै नोकरशाहले कुनबेलाको मालिकसित के सम्झौता गर्यो, सामन्तवाद, साम्राज्यवाद र नोकरशाही दलाल पूँजीवादको उच्छेदको आन्दोलनलाई सफल पार्न सरकार चलाउने पार्टीले हुबहु पुराना र राष्ट्रको अपमानजनक सम्झौताको पक्ष पोषण गर्न मिल्छ ? हुन्छ ? क्रान्तिकारीहरुले टुलुटुलु सही रहनु पर्ने हो त ?

– ज्ञान, तथ्य र त्यसले भरथेग गर्ने तर्कलाई कम्युनिष्ट पार्टी र अझ नेतृत्वले हियाउने हेलोहोचो गर्ने कुरा कहीँ ठीक मान्न सकिन्छ ? आफूलाई प्रश्न गर्ने जति सबैलाई निर्लज्जताका साथ बैरी र अल्पज्ञानी भन्न मिल्छ ? ज्ञान र राष्ट्रियताको कुनै साइनो छ कि छैन ?

३. शिक्षा, स्वास्थ्य र रोजगारी
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षाको ग्यारेन्टी गर्ने सरकार, कम्युनिष्ट सरकार ।
– बिहानीले दिउँसोको सङ्केत गर्छ । दुनियाँलाई थाह छ, नेपालको कम्यूनिष्ट सरकार जनताको अभिमतद्वारा दुइतिहाइको नजीक मत प्राप्त छ । सरकार चलाउँदैछ । यो सरकार दुनियाँका कम्यूनिष्ट सरकार जस्तो होइन । एकल राजनीतिक दलको हैकम छैन । जनताको मतबाट निर्वाचित दल हो ।
– जनतालाई संप्रभु ठान्ने र श्रमजीवि जनताको पक्षपोषण गर्ने मूल दर्शनबाट उछिट्टिएर जसका विरुद्धमा लामो बलिदानी सङ्घर्षबाट जितेर आइ पुग्यो, सरकार बनेपछि तिनकै सेवा गर्नका लागि यो दल निर्वाचित भएको होइन ।
– निजी संस्थालाई सामुदायिक संस्थाको गुणस्तर बनाइ दिनुपर्ने, आपतमा बेलामा पनि साथ नदिने निजी अस्पताललाई राखी रहनु पर्ने, कृषकलाई सोची विचारी राज्यको प्राथमिकतामा राख्न नहुने, दलाल पूँजीवादीहरुको सेवामा नीति, कार्यक्रम र आर्थिक बजेटमार्फत सेवा पु्र्याउनु यस दल र सरकारको काम थिएन र होइन ।
– एउटा एउटा मन छुने कुरा त हिजोका राजा महाराजाहरु पनि गर्थे । ‘एशियाली मापदण्डमा पु्र्याउने’ सुनेकै हो । ‘सबैको लागि शिक्षा’ कण्ठस्थै छ । तर, यो सरकारको सिङ्गो जनता जुरुक्कै उचालिएर परिचालित भएको कार्यक्रम के हो ? सामूहिकताको उदाहरण कुन कार्यक्रम हो ? यसको राम्रो जवाफ छैन ।
– किनेर ल्याएको चामल खुवाएर कोही भोकै नमर्ने हो ? कि आफैं उत्पादनमा लाग्ने एउटा हस्तक्षेपकारी कृषि कार्यक्रम चाहिन्छ ? त्यो खोइ ? स्व उत्पादनको सामूहिक उद्योगपति बनाउने कार्यक्रम खोई ?

अन्तमा,
माथि उठाइएका प्रश्नहरुले टालटुले हाेइन गम्भीर उत्तर र जवाफदेहीताको माग गर्छ । विभिन्न तहका नेता कार्यकर्ताको सक्रियताबाट मात्र जनतासँगको संवाद कसिलो हुन्छ र जनताको माग थाहा पाएर मात्र असल शासन गर्न सकिन्छ । जनता र नेतृत्वको सम्बन्ध माटो र गुणस्तरीय बीऊ जस्तो हो ।

संवाद, वैठक, छलफल, निश्कर्ष जनवादको विशेषता हो । यसलाई खुल्ला हृदयले हुर्कन दिनुपर्छ । निष्कर्षको कार्यान्वयन गर्ने निकाय सरकार र सरकारी संयन्त्र हो । सरकारले पार्टी निष्कर्षको पालना गर्नुपर्छ । एकपटक हाेइन पटकपटक गर्नुपर्छ । आफै सरकार र पार्टी ठान्ने प्रवृत्ति फाँसीवादी चरित्र हो । फाँसीवादले कम्युनिष्ट आन्दोलन नष्ट गर्छ । अर्को तरिकाले बुझ्ने हो भने, कुरा एउटा काम अर्को गर्दा नामको राष्ट्रवादी, कामको प्रतिक्रियावादी हुन पुगिन्छ । सिंगो नेकपा यसमा सचेत बनौँ । अर्थात् चिया ङ्काइ सेकको नयाँ रुपान्तरण हुनबाट आँफूपनि जोगिऔँ, नेतृत्वलाई पनि जोगाऔँ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…