Logo माघ ११, २०७७ आइतबार


असार १५ गते सार्वजनिक बिदा दिने निर्णय

सुर्खेत । कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण प्रदेश सरकारले हरेक वर्ष जुम्लामा चैत १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता तुल खड्काले प्रदेश मन्त्रिपरिषद्को जेठ १२ गतेको बैठकले कर्णालीका जुम्लाबाहेक ९ जिल्लामा धान दिवसको बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । शनिवार जनतासमाचार डट्कम मा बागमती सफाइ अभियानको आठ वर्ष, फोहोर उस्तै (फोटोफिचर), प्रधानमन्त्री ओलीलाई साधारण सदस्य समेत नरहने…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धेरै बाेल्दा काम बिग्रिनेछ । । सरकारी झमेला मिल्नेछ । काममा अपजस मिल्नेछ ।

सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको हाे ।

प्रतिनिधि सभा नभएपछि संविधानको ५० प्रतिशत धाराहरु निस्क्रिय हुने भन्दै बिडारीले सत्तामा भएको मान्छेलाई मिलाएर व्यवस्था विरोधीहरुले योजनाबद्ध रुपमा प्रतिनिधि…

फाेहाेर नफाल्ने अभियानभन्दा पनि फाेहाेर उठाउने अभियान सञ्चालन भइरहेकाले सातामा एकदिन केही सफा देखिएपनि अर्काे दिनदेखि उस्तै देखिन्छ ।