स्पेनिस ला लिगा : क्याटलान क्लब र बार्सिलोना बराबरी

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा क्याटलान क्लब बार्सिलोना सेल्टा भिगोको मैदानमा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा सेल्टाले बार्सिलोनालाई २–२ को बराबरीमा रोकेको हो ।

२० औँ मिनेटमा लुइस स्वारेजको गोलबाट बार्सिलोनाले शुरुवाती अग्रता लियो । ५० औँ मिनेटमा फेडोर स्मोलोभले सेल्टाका लागि बराबरी गोल फर्काए । ६७ औँ मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरि बार्सिलोनालाई पुनः अग्रता दिलाए । स्वारेजका दुवै गोलका लागि लियोनल मेस्सीले सहयोग गरेका हुन् । तर ८८ औँ मिनेटमा आसपासले गोल गरी बार्सिलोनालाई खेलमा जित निकाल्न दिएनन् ।

बराबरीबाट सेल्टाले अंक खोसेपछि बार्सिलोना शीर्ष स्थानमा गए पनि एक खेल बढी खेलेर रियल मड्रिड भन्दा एक अंक मात्रै अघि रहेको छ । आइतबार राति हुने खेलमा रियल मड्रिडले स्पानियोललाई पराजित गरेमा उसले दुई अंकको अग्रता कायम गर्ने छ । बार्सिलोनाको ३२ खेलबाट ६९ तथा रियल मड्रिडको ३१ खेलबाट ६८ अंक रहेको छ ।

मेस्सीले खेल जीवनको सात सयौँ गोल गर्नका लागि अब पनि कम्तिमा अर्को खेल पर्खिनु पर्ने भएको छ । उनले अर्जेन्टिना र बार्सिलोनाका लागि हालसम्म ६९९ गोल गरेका छन् । तर उनले बार्सिलोनाका लागि गोलका लागि सहयोगको संख्या २५० बनाएका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।