स्यानिटाइजर पिउँदा ३ जनाको मृत्यु

काठमाडौं । हाल विश्व कोरोना भाइरसबाट आक्रान्त बनिरहेको छ । कोरोना भाइरसको संक्रमणबाट विश्वका लाखौँ मानिसले ज्यान गुमाइसकेका छन् । यसबाट बच्न मानिसहरुले अनेकौं उपाय पनि लगाइरहेका छन् । कोरोनाको संक्रमणको सम्भावित जोखिम कम गर्न साबुनपानीले हात धोइरहने, स्यानिटाइजरको प्रयोग गर्ने गरिन्छ ।

अमेरिकाको न्यू मेक्सिको राज्यमा साेही  स्यानिटाइजर पिउँदा तीन जनाले ज्यान गुमाएका छन् । हातमा प्रयोग गरिने स्यानिटाइजर पिउँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जनाले आँखाको दृष्टि गुमाएका छन् ।

स्यानिटाइजरमा प्रयोग हुने मेथानेल केमिकलले गर्दा यो पिउँदा यसले दिमागमा असर गर्ने, दृष्टिमा असर गर्नुको साथै मिर्गौलामा समेत असर गर्ने बताइएको छ । मृतकको बारे विस्तृत विवरण आइसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।