भलिबलको प्रमुख प्रशिक्षकमा सिंह नियुक्त

काठमाडौं । भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्वल बहादुर सिंह नियुक्त हुनुभएको छ । असार १० गतेको सदस्य सचिव स्तरीय निर्णयानुसार सोही मिति देखि लागू हुने गरी उहाँलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको हो ।

काठमाडाैं जिल्लामा कार्यरत प्रशिक्षक सिंहलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरी प्रमुख प्रशिक्षकमा नियुक्ति गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बहादुर वि.क.द्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ ।

२०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषदमा नियुक्त हुनुभएका सिंह २०६४ सालमा प्रशिक्षकमा बढुवा हुनुभएको थियो । ब्रम्ह स्र्पोट्स क्लबबाट भलिबल खेल्ने सिंह आफ्ना समयका निकै राम्रा खेलाडीमा गनिनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।