Logo माघ १४, २०७७ बुधबार


करणराजको संगीतमा मेचुको कौरा गीत सार्वजनिक (भिडियोसहित)

काठमाडाैं । फ्रेन्चाईज रियालिटी शो ‘भ्वोइस अफ नेपाल’ बाट चर्चामा आएकी गायिका मेचु धिमालको कौरा गीत सार्वजनिक भएको छ । मेचुले आफ्नै आधिकारीक यूट्यूव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।

पछिल्ला केही वर्षयता संगीतको माहोल व्यावसायिक गीतमा केन्द्रित भइरहेको बेला विशेष गरी मगर समुदायमा गाइने यो कौरा गीत रुचाइएको छ । सार्वजनिक भएको एक सातामै मेचुको आफ्नै च्यानलमा राखिएको गीत साढे ६ लाख बढी दर्शकले हरिनुले सिर्जना रुचाइएको एकिन गर्न सकिन्छ ।

‘फसायौनी मिठो बोलेर’ गीतमा भ्वाइस अफ नेपालमा मेचुका गुरु समेत रहेका करणराज कार्कीको संगीत र युवा गीतकार लेखु सहयात्रीको शब्द रहेको छ । देवेश राईको संगीत संयोजन रहेको गीतको ध्वनि सम्पादन किशोर थापाले गरेका हुन् ।

शुजन मार्फा तामाङ र स्वयं मेचु धिमालको अभिनय रहेको गीतमा अनिल के. मानन्धरको छायाँकन र प्रविण भट्टको सम्पादन रहेको छ मगर समुदायको संस्कृति, भेषभुषा झल्किने गीतको भिडियो निर्देशन मौसम हामालीले गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

पारिवारिक साथ मिल्नेछ । प्रेममा सुधार देखिन्छ । नयाँ सम्बन्ध कायम हुनेछ ।

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले पार्लियामेन्टको हत्या गर्ने काम कार्यकारिणीको नभएको बताउनुभएको छ ।…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

रोजगारीमा नया जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ ।

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’