यशोधरा गाउँपालिका कोरोना मुक्त

विकास बन्जाडे
कपिलवस्तु । यशोधरा गाउँपालिका कोरोना मुक्त भएको छ । जिल्लामै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको भारतीय सीमावर्ती यशोधरा गाउँपालिका कोरोना संक्रमण मुक्त भएको हो ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार यशोधरा गाउँपालिकाका सबै कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै गाउँपालिकाले तयार पारेकाे क्वारेनटाइन बेड खाली भएका छन् भने कोरोनाको रिपोर्ट आउँन कसैको बाँकी छैन । कुनै समय जिल्लामा सबैभन्दा बढी १ सय ६८ जना संक्रमित यशोधरामा थिए ।

यस्तै, क्वारेनटाइनमा बस्नेको संख्या पनि सबैभन्दा बढी थियो । यहाँ १५ सय बेड क्षमताको क्वारेनटाइन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । तर, शुक्रबार साँझसम्मको तथ्याङ्क अनुसार यशोधरा कोरोनाबाट मुक्त भएको हो । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कुनैबेला कपिलवस्तुमा १० हजारको हाराहारीमा कोरना संक्रमितको आशंकामा क्वारेन्टाइनमा बस्नेको संख्या पछिल्लो समय आइपुग्दा ७ सय ६० मा झरेको छ ।

जिल्लामा अहिले कोरना संक्रमितको संख्या ७ सय २९ पुग्दा निको भएर घर फर्कने ५ सय ९३ जना छन् भने उपचाररत १ सय ३६ रहेका छन् । उनीहरु सबैजना भारतका विभिन्न ठाउँबाट रोजगारीका लागि गएर कोरना महामारीसँगै नेपाल फर्केका हुन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।