कालापानीमै भारत–चीन युद्ध हुनसक्छ’ (भिडियाेसहित)

काठमाडौं । परराष्ट्र तथा इतिहास मामलाका जानकारहरुले भारत र चीन बीच गलवान घाँटीमा झडप भएजस्तै नेपाली भूमि कालापानीमा समेत झडप हुन सक्ने खतरा रहेको औंल्याएका छन् ।

जनता टेलिभिजनको कार्यक्रम खुलामञ्चमा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले गलवानमा दुई देशबीच झडप भएजस्तै कालापानीमा समेत यस्तो अवस्था दोहोरिन सक्ने भएकाले नेपाली भुमिबाट भारतीय सेना तत्काल फिर्ता पठाउनुपर्ने बताउनुभयो । नेपालले आफ्नो भूमि कुनैपनि छिमेकी मुलुकको विरुद्ध प्रयोग गर्न दिन मिल्दैन । अहिले नेपाली भूमि कालापानीमा भारतीय फौज अड्डा जमाएर बसेको छ, यसको अर्थ नेपाली भूमि चीन विरुद्ध प्रयोग भएको अवस्था हो । पूर्व राजदूतसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, ‘तसर्थ भारतले अब कालापानी कब्जा गरेर बस्न मिल्दैन ।’

कार्यक्रममा इतिहास अन्वेषक प्राडा रमेश ढुंगेलले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेख र कालापानी कब्जा गरेर बसेको भारत आफूसँग कुनै प्रमाण नभएका कारण नेपालसँगको वार्ताबाट भागिरहेको बताउनुभयो । नेपाली भूमि अतिक्रमण गरेको विषयमा भारतमै वौद्धिक वर्गले त्यहाँको सत्ताको आलोचना गर्न थालेको छ । यो अवस्थालाई मध्यनजर गर्दै नेपालले भारतलाई वार्तामा सहमत गराएर कालापानीबाट सेन फिर्ता गर्न बाध्य पार्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…