शनिबार तराई भित्रिएको सलह पहाडतिर लाग्यो

काठमाडौं । शनिबार तराई जिल्लामा भित्रिएको सलह पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत पहाडी जिल्लामा पुगेको छ । सलहले तराई क्षेत्रमा ठूलो क्षति नगरे पनि पहाडी जिल्लाहरूमा क्षति पुग्ने भएकाले सचेत हुन अधिकारीहरूले सचेत गराएका छन् ।
आइतबार बसेको प्रदेश सभाको बैठकमा यसबारे बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सलहविरुद्ध विशेष राहत प्याकेज ल्याएको बताउनुभयो । रूपन्देहीमा ठूलो सङ्ख्यामा शनिबार सलह कीरा देखिएपछि किसानहरू त्रसित बनेका छन् । तर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देहीका प्रमुख रामप्रसाद पाण्डेका अनुसार आइतबार रुपन्देहीका कुनै पनि स्थानमा सलह कीरा देखिएको जानकारी आएको छैन ।

प्रदेश ५ कृषि निर्देशनालयले शनिबार रुपन्देहीमा भित्रिएको सलह कीराले बालीमा कुनै पनि क्षति नगरेको जनाएको छ । ।
त्यस्तै, तानसेन समाचारदाता शनिबार बेलुकी पाल्पा छिरेको सलह कीरा जिल्लाको विभिन्न स्थानमा देखिएको छ । आइतबार जिल्लाको तिनाउ गाउँपालिकाका विभिन्न स्थानका जङ्गलमा बसेको र रैनादेवी छहरा गाउँपालिका ४ को जङ्गल क्षेत्रमा उडेको अवस्थामा देखिएको छ ।
कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालका अनुसार शनिबार जिल्लाको माथागढी, बगनासकाली, तानसेन, रिब्दीकोट र रैनादेवी छहरा क्षेत्रमा देखिए पनि आइतबार भने तिनाउको वडा नम्बर २, ५ र ६ र रैनादेवी छहराको वडा नम्ब्र ४, मा मात्र देखिएको छ ।

त्यस्तै रुपन्देही हुँदै पाल्पासम्म सलह कीरा आएपछि गुल्मीका किसानहरूमा त्रास छाएको छ । आइतबार गुल्मीको कालीगण्डकी, चन्द्रकोट गाउँपालिका लगायतमा आइतबार अचानक सलह देखिएपछि उच्च सतर्कता अपनाउन आग्रह गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले बताउनुभयो । गोरखापत्र राष्ट्रिय दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।