चीनले बनायो कोरोनाविरुद्ध नयाँ खोप, मानवीय परीक्षण सफल

प्रतिकात्मक : तस्बिर

काठमाडौं । आइतबार चीनले कोरोना भाइरस (कोभिड -१९ ) विरुद्ध नयाँ खोपको विकास गरेको दाबी गरेको छ। यो खोप मानिसमा पहिलो परीक्षण भइसकेको र सुरक्षित देखिएको चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) ले जानकारी दिएको हो । रिपोर्टमा उल्लेख गरिए अनुसार यो खोपले सुरक्षित रूपमा कोरोना भाइरस प्रतिरोधी क्षमता बढाएको पाइएको छ ।

अनुसन्धानकर्ताहरुले यसले कोरोना विरुद्धको लडाँईमा एउटा आशाको सञ्चार गरेको बताएका छन् । १ हजार १ सय २० जना स्वस्थ मानिसलाई परीक्षण खोप लगाइएको र उनीहमा यसले उच्च मात्रामा रोग प्रतिरोधात्मक क्षमता बढाएको कम्पनीले दाबी गरेको छ।

दोस्रो चरणको परीक्षण सफल भएमा तेस्रो चरणमा हजारौं मानिसलाई खोप दिइन्छ। त्यो पनि सफल भएमा खोप प्रमाणित हुन्छ र आम प्रयोगमा ल्याइन्छ। रोयटर्सका अनुसार यसअघि यही कम्पनीले वुहानको युनिटमा कोरोनाविरुद्ध एउटा खोप बनाइसकेको छ। यो दोस्रो खोप हो।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…