Logo फाल्गुन १४, २०७७ शुक्रबार


आँप बिक्रीका लागि बजार अभाव, मर्कामा किसान

विद्यानन्द राम
राजविराज । बन्दाबन्दीका कारण उत्पादित आँप बजारसम्म पु-याउन नसक्दा सप्तरीका कृषक ठूलो मर्कामा परेका छन । गत वर्षको अनुपातमा करिब १३ गुणाले आँप उत्पादनमा वृद्धि भएपनि सार्वजनिक यातायात ठप्प भएर बिक्रीका लागि बजार अभाव हुँदा उत्पादित आँप बिक्री गर्न नपाएको कृषकको दुखेसो छ । आँप व्यवसायबाट अपेक्षा गरिएको लाभ प्राप्त गर्न नसकिने भएपछि किसान निराश बनेका हुन ।

अघिल्लो वर्ष करिब ३ हजार ५ सय हेक्टरमा ७ हजार मेट्रिक टन आँप उत्पादन भएको आँपको राजधानी मानिने सप्तरी जिल्लामा यो वर्ष कुल ८ हजार हेक्टर जमिनमा आँप उत्पादन भएको पाइएको छ । गत वर्ष मजुरा लागेदेखि नै हावाहुरी, असिना पानी र किराले आँपमा क्षति पु-याउँदा न्यून उत्पादन भएको थियो भने यो वर्ष मौसमले साथ दिएकाले ८ हजार हेक्टर क्षेत्रफलमा आँप उत्पादन सम्भव भएको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ । यो पटक ९६ हजार मेट्रिक टन आँप उत्पादन भए पनि बन्दाबन्दीका कारण उत्पादित आँप बजारसम्म पु-याउन सकिएको छैन् ।

यहाँ उत्पादित आँप काठमाडौं, पोखरा, नारायणगढ, विराटनगर र धरानसम्म निर्यात हुँदै आएकोमा बन्दाबन्दीका कारण स्थानीय बजारमै प्रतिकिलो २५ देखि ३५ रुपैयाँमै घाटा खाएर बिक्री गर्नुपरेको किसानले बताएका छन । जिल्लामा उत्पादित आँप अति स्वादिष्ट र मुलुकभर चर्चित रहेपनि सरकारले आँप कृषकलाई सघाउ पुग्ने खालका नीति नल्याउँदा आफुहरु मारमा परेको कृषकहरुको भनाइ छ ।

उता कृषि ज्ञान केन्द्र राजविराजले भने बन्दाबन्दीका कारण मर्कामा परेका कृषकका लागि प्रदेश सरकारले राहतको कार्यक्रम अघि बढाएको बताएको छ । केन्द्रका अनुसार मर्कामा परेका कृषकको सूची संकलन कार्य भइसकेको छ । केन्द्रका प्रमुख राजेन्द्रप्रसाद यादवका अनुसार आँप उत्पादन गरेर नोक्सानी बेहोर्नुपरेका किसानलाई प्रदेश सरकारले राहतका कार्यक्रम अघि बढाउन लागिरहेको छ ।

जिल्लाको कञ्चनरुपदेखि बलान नदीसम्म खास गरी महुली, जण्डोल, मैनाकडेरी, श्रीपुर, मधुपट्टी, शम्भुनाथ, वकधुवा र रुपनगर आँपको पकेट क्षेत्र रहेका छन भने मालदह, बम्बई, दशहरी, कलकतिया, आम्रपाली, नेगडा, बिजु, सरही, किसुनभोग जातका आँप उत्पादन गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

फागुन महिनाको तलब पठाउँदा पुसदेखि रोकिएको सबै तलब एकमुस्ट पठाइने जानकारी संसद सचिवालयले दिएको छ ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले अर्को साता फैसला गर्ने भएको छ । न्यायाधीशद्वय…

म्याग्दी । बेनी नगरपालिका–४ फापरखेतमा बिहिबार राती भएको जिप दुर्घटनामा १ जनाको भएको छ भने ४ जना घाइते भएका छन्…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।