रुकुम पश्चिममा पनि कोरोना परीक्षण गरिने

प्रकाश गौतम
रुकुम पश्चिम । रुकुम पश्चिममा पनि कोरोना भाइरसको परीक्षण हुने भएको छ । चौरजहारी नगरपालिकाले पिसिआर मेसिन ल्याएर जडान गरेसँगै अब कोरोना परीक्षण हुने भएको हो ।

अहिले मेसिन जडान गर्ने काम भइरहेको छ । चौरजहारी नगरपालिकाले मेडि सोलुसन प्रालि काठमाडौंसँग एक हजार परीक्षण किटसहित मेसिन खरिदका लागि एक करोड २३ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।

उक्त मेसिनबाट दैनिक ९० जनासम्मको स्वाब परीक्षण गर्ने गरी खरिद गरिएको चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले बताउनुभयो । उहाँका अनुसार रुकुमसहित सल्यान, जाजरकोट र डोल्पाका नागरिकहरुको कोरोना भए नभएको परीक्षण गर्न सहज हुने भएको छ ।

मेसिन जडानको काम शुरु भएसँगै अबको ३/४ दिनमा काम सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर के.सीले जानकारी दिनुभयो । पिसिआर मेसिन सञ्चालको लागि आवश्यक जनशक्तिको लागि विज्ञापन गरिएको र जडान समपन्न भएपछि सञ्चालमा आउने केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।