Logo माघ ११, २०७७ आइतबार


बुहारीको हत्या गर्ने सासूससुरा र नन्दहरु पक्राउ

हेटौंडा । बुहारीको हत्या गरेको आरोपमा प्रहरीले परिवारकै चार जनालाई पक्राउ गरेको छ । असार २ गते हेटौंडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापाको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले मृतक सुस्मिताका ससुरा प्रकाश, सासू, तुलसा, नन्दहरु दुर्गा र सीतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

६ महिनाअघि दुर्घटनामा मारिएका सुस्मिताका पति रुपेन्द्र कार्यरत संस्थाबाट तलब, भत्ता तथा बीमासमेत गरी प्राप्त हुने ३८ लाख २८ हजार तथा पतिको दुर्घटनापछि क्षतिपूर्तिवापत सुस्मिताले प्राप्त गरेको पाँचलाखमा विवाद, ससुराले गरेको बलात्कार प्रयासको घटना बाहिरिने डर लगायतले उनको हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

सुस्मितालाई ससुराले काठको लौरो र नन्द सीताले लोहोराले हानेर हत्या गरेको प्रहरीले दाबी गरेको छ । पक्राउ परेकी सासू र घटनाको समयमा काठमाडौँमा भएकी जेठी नन्दको पनि हत्यामा संलग्नता रहेको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

रोल्पा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी ओलीले मुलुक र जनताविरुद्ध गरेका…

काठमाडौं । शनिवार जनतासमाचार डट्कम मा बागमती सफाइ अभियानको आठ वर्ष, फोहोर उस्तै (फोटोफिचर), प्रधानमन्त्री ओलीलाई साधारण सदस्य समेत नरहने…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धेरै बाेल्दा काम बिग्रिनेछ । । सरकारी झमेला मिल्नेछ । काममा अपजस मिल्नेछ ।

सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको हाे ।

प्रतिनिधि सभा नभएपछि संविधानको ५० प्रतिशत धाराहरु निस्क्रिय हुने भन्दै बिडारीले सत्तामा भएको मान्छेलाई मिलाएर व्यवस्था विरोधीहरुले योजनाबद्ध रुपमा प्रतिनिधि…