चीनमा काेराेना संक्रमणकाे नयाँ श्रृंखला, पुनः लकडाउन लागू

काठमाडाैं । कोरोना भाइरस संक्रमणको नयाँ श्रृखंलापछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसंख्या रहेको क्षेत्र आङसिन काउन्टीमा पुनः लकडाउन लागू गरिएको छ ।

लकडाउन लागू भएसँगै अब उक्त क्षेत्रमा परिवारका एक सदस्यलाई मात्र दिनमा एक पटक खाद्यान्न तथा औषधिजन्य र अतिआवश्यक वस्तु किन्न बाहिर निस्कने अनुमति दिईएको छ ।

चीनले पहिलो चरणमा कोरोना संक्रमितलाई पूर्णतया नियन्त्रणमा ल्याएको घोषणा गरेको केही समयपछि समुदायमा नै संक्रमण फैलिएको आशंकामा बेइजिङ नजिकैको सिनफादी क्षेत्रका बस्तीहरूलाई बन्द गरी परीक्षण गरेको थियो । चीनको राजधानी बेइजिङ र छिमेकी हुबेई प्रान्तमा पछिल्लो समय पुनः संक्रमण देखिन थालेपछि सरकारले स्थानीय बस्तीहरूलाई अन्य क्षेत्रसँगको सम्पर्कबाट पनि बन्द गरेको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार बेइजिङबाट करिब १ सय ५० किलोमिटर टाढा अवस्थित आङसिन काउन्टीमा सयौँको संख्यामा संक्रमित भेटिएपछि त्यस क्षेत्रलाई पूर्ण बन्द गरी संक्रमण फैलिन नदिने प्रयास गरेको छ ।

बेइजिङमा विगत २४ घण्टामा थप १४ व्यक्तिमा कोरोना सक्रमण पुष्टि भएपछि उक्त कदम चालिएको हो । राजधानी बेइजिङस्थित होलसेल बजार, रेष्टुरेन्ट, तथा सम्भावित बस्तीमा गत हप्ता परीक्षणलाई व्यापकता दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…