नक्कली ‘ब्लूबुक’ बनाएर चोरीको मोटरसाइकल बिक्री, यातायात कार्यालयका कर्मचारीसहित १२ जना पक्राउ

कञ्चनपुर । यातायात व्यवस्था कार्यालयका कर्मचारीकै मिलिमतोमा नक्कली ‘ब्लूबुक’ बनाएर चोरीको मोटरसाइकल बिक्री हुने गरेको रहस्य खुलेको छ । चोरीको मोरसाइकल ब्लूबुक’ बनाएर बिक्री गर्ने १२ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी प्रमुख मुकुन्द मरासिनीले यस्तो कार्यमा यातायात व्यवस्था कार्यालयका कम्प्युटर सहायक अपरेटर जितेन्द्र राना र कार्यालय सहायक गणेश भट्टराईसमेत संलग्न रहेको बताउनुभयो । ‘मोटरसाइकल चोरी गरेर नक्कली ब्लूबुकलगायतका कागजात बनाएर किनबेच गर्ने यो एउटै गिरोह हो’, उहाँले भन्नुभयो, ‘पक्राउ परेका यातायातका कर्मचारीले नक्कली ब्लूबुक बनाउने काममा सक्रिय रहेको पाइयो ।’

सुदूरपश्चिम प्रदेश प्रहरी र जिल्ला प्रहरीले सञ्चालन गरेको अप्रेसनमा उनीबाट ८ वटा मोटरसाइकल बरामद भएको छ । पक्राउ पर्नेमा यातायातका अपरेटर राना, सहायक भट्टराई, कञ्चनपुर लालझाडी गाउँपालिका–३ का ३५ वर्षीया बहादुर राना, बेदकोट नगरपालिका–६ का ३५ का राजकुमार राना, २५ वर्षीया हरेन्द्र राना, ३० वर्षीय सुवेश राना, लालझाडी गाउँपालिकाका रामनिवास राना, शुक्लाफाँटा नगरपालिकाका श्याम राना, बेदकाट नगरपालिकाका राम राना, लाल राना, बेदकोट नगरपालिका १८ वर्षीय प्रदीप राना, २७ वर्षीय लक्ष्मी राना र लालझाडी गाउँपालिकाका रामदयाल राना  छन् ।

‘पक्राउ परेकाबाट यातायात व्यवस्था कार्यालय धनगढीका ब्लूबुक र त्यही अनुसार सेतीकै नम्बर प्लेट हालेका मोटरसाइकल बरामद गरिएका छन’, प्रहरी उपरीक्षक मरासिनीले भन्नुभयो, ‘उनीहरुलाई सरकारी कागजात किर्ते र चोरी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइनेछ ।’प्रहरी अनुसन्धानमा अभियुक्त कर्मचारीले मोटरसाइलको ब्लूबुक बनाए वापत प्रतिमोटरसाइकल ८ हजार रुपैयाँ लिने गरेको खुलेको छ ।

प्रहरीले चोरीका थप ५ मोटरासाइकलको पहिचान भइसकेको जानकारी गराउँदै नियन्त्रणमा लिएर कारवाही अघि बढाउने जनाएको छ । यसअघि पनि भीमदत्तनगरमा प्रहरीले यातायात व्यवस्था कार्यालयसित मिलिमतो गरी कार, जिपको कागजात बनाउने कर्मचारीसहित सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।