सुनकाे मूल्य उच्च, काराेबार ठप्प

काठमाडाैं । केही महिनायता सुनको मूल्य आकासिएको छ । सुनको भाउ केही दिन उकालो लाग्ने, अनि केही दिन स्थिर हुने र फेरि उकालो लाग्ने गर्दै आएको छ । सुनको भाउ जतिजति बढ्दै गएको छ, तर कारोबार भने घट्दो छ ।

सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएपछि सुनचाँदी बजार सुनसान बनेको छ । सरकारले बजेट मार्फत सुनमा कर बढाएको र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि सुनचाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि फाइन गुणस्तरको सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँ र तेजाबि सुनको मूल्य ९० हजार ८ सय ६० रुपैयाँ तोकेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँ तोकिएको छ । सोमबार तोकिएको सुनको मूल्य हालसम्मकै उच्च हो ।

सुनको भाउ बढेपछि बजारमा सुनका गरगहना बिक्री हुन छाेडेको व्यवसायीले बताएका छन् । व्यवसायीहरुले विवाहको सिजनमा पनि अत्यावस्यक गरगहना बाहेकका कुनैपनि गरगहना बिक्री नभएको बताएका छन् ।

सुनको मूल्य बढेर भन्दा पनि लकडाउनका कारण मानिसहरु आउन नपाउँदा बजार प्रभावित भएको व्यवसायी बताउँछन् । सुनको मूल्यमा उच्च वृद्धि हुँदा बजारमा गहना खरिद गर्ने भन्दा बिक्री गर्न आउने बढी रहेको व्यवसायीहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।