मौरीसहितका १ सय घार ५० प्रतिशत अनुदानमा वितरण

स्याङजा । वालिङ नगरपालिकाले व्यवसायिक रुपमा मौरीपालनलाई विस्तार गर्नका लागि मौरीसहितका १ सय घार ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । नगरपालिका अन्तर्गतको कृषि शाखाले मौरीपालनका लागि आवेदन माग गरेपश्चात छनौट गरिएका ४ समूह तथा सहकारी संस्थाको छनोट गरी ५० प्रतिशत अनुदानमा मौरीसहितका घार वितरण गरिएको नगर प्रमुख दिलीप प्रताप खाँणले बताउनुभयो ।

वालिङ नगरपालिकामा पहिलो चरणमा यस वर्ष मौरीसहितका १ सय उन्नत घार वितरण गरिएको र यसको प्रभावकारीतालाई हेरेर आगामी वर्ष थप विस्तार गर्दै लगिने नगर प्रमुख खाँणले जानकारी दिनुभयो । ‘वालिङ नगरपालिका मौरीपालन व्यवसायका दृष्टिले उपयुक्त छ’ नगर प्रमुख खाँणले भन्नुभयो, ‘अब यसलाई व्यवसायिकतातर्फ अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा आधुनिक घार वितरण गरेका हौं ।’

नगर प्रमुख खाँणले मौरीपालन व्यवसायले मौरीपालन गर्ने व्यवसायिका लागि मात्रै नभई कृषिसँग सम्बन्धित अन्य खेती गर्नेलाई पनि प्रत्यक्ष अप्रत्यक्ष फाईदा पुर्याउने भएकाले व्यवसायलाई प्रोत्साहन स्वरुप घार वितरण गरिएको बताउनुभयो । पछिल्लो समय महको माग अत्याधिक बढिरहेकाले बजारको कुनै समस्या नहुने भएकाले पनि यो व्यवसायप्रति किसान पनि आकर्षित भएका खाँणको भनाइ छ ।

वडानम्बर ७ को कान्छी मनकामना कृषक समूह, वडानम्बर १० को बर्तुङ फूलबारी कृषक समूह वालिङ, १३ को थुमपोखरा कृषि सहकारी संस्था र वडानम्बर १४ को हुल्काङ कृषि सहकारी संस्था वालिङ लाई ५० प्रतिशत अनुदानमा २५/२५ वटा मौरीसहितका घार वितरण गरिएको नगरपालिकाको कृषि शाखाका प्रमुख केशबहादुर थापाले बताउनुभयो । मौरीसहितको आधुनिक घारलाई ५० प्रतिशत अनुदानमा प्रति घार ४ हजार ६ सयमा किसानलाई उपलब्ध गराइएको शाखा प्रमुख थापाले जानकारी दिनुभयो । छनोट भएका समूह तथा संस्थाका प्रतिनिधिलाई मौरीपालन गर्दा ध्यान दिनुपर्ने विषय र त्यसको यसको विधिबारे जानकारी समेत दिएर पठाइएको कृषि शाखा प्रमुख थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…