सभामुख र अध्यक्षद्वारा संसद् सेवा दिवसको शुभकामना

काठमाडौं । संसद् सेवा दिवसको अवसरमा सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । दिवसका अवसरमा दिनुभएको संयुक्त शुभकामना सन्देशमा उहाँहरुले लोकतान्त्रिक परिपाटीको स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धा अर्पण गर्दै सङ्घर्षका क्रममा घाइते तथा अङ्गभङ्ग भएका योद्धाप्रति समेत उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनसँगै २०१६ असार १६ गते संसद्को पहिलो बैठक प्रारम्भ भएको थियो । उक्त दिनको स्मरणस्वरूप हरेक वर्ष असार १६ गते संसद् दिवस मनाइँदै आएको छ । जनताका प्रतिनिधिमार्फत शासन सञ्चालन गरिने सर्वोच्चतम शासन व्यवस्थाका रूपमा संसदीय शासन प्रणालीलाई लिने गरिन्छ । उहाँहरुले भन्नुभएको छ, ‘राज्य पुनःसंरचना र संघीय शासन प्रणालीको कार्यान्वयन गर्न तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाई जगदेखि नै मजबुत बनाउन सबै क्षेत्रको सहयोग जरुरी छ ।’

कोभिड–१९ महामारीले सिर्जना गरेको विषम परिस्थितिमा पनि संघीय संसद्का बैठकहरु सञ्चालन भइरहेको बताउँदै उहाँहरुले महामारीकै कारण स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै औपचारिक कार्यक्रम नगरिएको बताउनु भएको छ । आवधिक निर्वाचनबाट स्थापित हुने संसद् र संसदीय शासन प्रणालीमा अभ्यस्त राजनीतिले वास्तविकमा जनाकांक्षा अनुरूप कार्य गर्न सक्छ भन्ने मान्यता रहि आएको छ ।

संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मूल्य मान्यतालाई संस्थागत गर्दै व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्ने आवश्यकतामा दुवै जनाले जोड दिनुभएको छ । उहाँहरुले विगतको सशस्त्र र शान्तिपूर्ण आन्दोलन तथा विभिन्न समयमा भएका परिवर्तन र सुधारका परिणामस्वरुप जनताले चुनेका प्रतिनिधिले संविधानसभामार्फत संविधान निर्माण भई कार्यान्वयनमा आएको घटनाको स्मरण गर्नुभएको छ । सम्पूर्ण संघीय सदस्य, संविधानसभा सदस्य, पूर्वसदस्य र राष्ट्रसेवक कर्मचारीलगायत सम्पूर्ण नागरिकमा संसद् सेवा दिवसको उपलक्ष्यमा सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुभकामना व्यक्त गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…