प्रत्येक घरधुरीमा एक सदस्य एक फलफूल

कास्की । अन्नपूर्ण गाउँपालिकाले प्रत्येक घरधुरीमा ‘एक सदस्य एक फलफूल कार्यक्रम’ लाई अभियानका रूपमा अघि बढाउने भएको छ । गाउँपालिका क्षेत्रभित्र नदी किनारका जमीन, बेँसी, टार तथा खेतबारीका कान्लामा सम्भाव्य फलफूल खेती गरी यसको उत्पादन बढाउँदै आत्मनिर्भरताका लागि प्रत्येक घरधुरीमा एक सदस्य एक फलफूलको बिरुवा रोप्ने कार्यलाई अभियानका साथ अघि बढाइने अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।

अभियानका लागि गाउँपालिकाभित्र एक फलफूल नर्सरी सञ्चालन एवं विस्तार गरिने भएको हो । ‘कृषि क्षेत्रको विकास र प्रर्वद्दन गर्न गाउँपालिकाभित्रको कृषियोग्य जमीनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबालीका पकेट क्षेत्रको रूपमा घोषणा गरी मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल उत्पादनका साथै माटोको परीक्षण गरी आधुनिक तरिकाले कृषिलाई व्यावसायीकरण गर्न प्रोत्साहित गरिने छ’ अध्यक्ष युवराज कुँवरले बताउनुभयो ।

कुँवरका अनुसार कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण, विशिष्टीकरण र व्यावसायीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा गाउँपालिकाले जोड दिएको छ । गाउँपालिकाभित्र कृषिको सम्भावना भएका वडामा चिस्यान केन्द्र स्थापना गर्ने एवं उत्पादित कृषि उपजलाई बजारीकरणका लागि ढिकुरपोखरी र नयाँपुलमा कृषि उपज संकलन तथा बजारीकरण केन्द्र स्थापना गरिने उहाँले बताउनुभयो ।

ती केन्द्र कृषक समूहमार्फत सञ्चालन गरी उत्पादित वस्तुको उचित मूल्य प्राप्त गर्ने अवस्थाको सिर्जनाका लागि प्रेदशसँगको साझेदारीमा आवश्यक प्रक्रिया अघि बढाइने भएको छ । नगदे बालीतर्फको विशेष जोनको रूपमा सञ्चालित कफी जोन, अलैँची जोन र सुन्तला पकेट जोनका कार्यक्रमलाई प्रदेशसँगको समन्वयमा विस्तार गर्दै स्थानीय किसानको आय आर्जनको मुख्य स्रोतका रूपमा स्थापित गर्दै जाने नीति लिइएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…