हिलाम्मे सडकमा धान रोपेर विरोध

हिमलाल पराजुली
स्याङजा । वालिङ नगरपालिका–९ पिपलटारिका स्थानीयले सडकमा धान रोपेर विरोध गरेका छन्। वालिङ हुवास सडक निर्माण भएको २७ वर्षसम्म पनि स्तरउन्नती नभएको विरोधमा स्थानीयले सडकमै धान रोपेका हुन् ।

आफ्नो घर अगाडीको सडक वर्षाैँसम्म पनि कालोपत्रे हुन नसक्दा हिलाम्मे सडकबाट आजित भएर पञ्चे बाजासहित सडकमै धान रोपेर आफूहरुले सांकेतिक विरोध गरेको स्थानीयले बताएका छन् । स्थानीय युवा क्लब र आमा समूहमा आवद्ध महिलासंगै सर्वसाधारणले सडकको स्तरउन्नतीका लागि सरोकारवालाको ध्यानाकर्षण गर्न सडकमै धान रोपेका हुन् ।

सडककाे स्तरउन्नतीका लागि स्थानीय नगरपालिका, प्रदेश र संघीय सरकारले समेत चासो नदेखाएको उनीहरुको गुनासो छ । स्थानीय पुरन गैह्रेले सडकको स्तरउन्नती नहुँदा स्थानीयसंगै यात्रा गर्ने यात्रुहरुलाई निकै समस्या भएको बताउनुभयो । गैह्रेले भन्नुभयो, ‘हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य सड्कका कारण सड्क छेउछाउका घरमा बस्न सक्ने अवस्था छैन । २७ वर्षसम्म कति सरकार फेरिए कुनै पनि सरकारले यो सड्कको स्तर उन्नतीमा ध्यान पुर्याएको पाइएन ।’

पर्वतको दक्षिणी भेगका सर्वसाधारण बुटवल, पोखरा जानका लागि सोही सडक भएर आवतजावत गर्छन भने वालिङ हुवास सडक खण्डमा दैनिक सयौँको संख्यामा चल्ने सवारी साधनले सडकको स्तरउन्नती नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…