कर्णालीमा ३९ प्रतिशत रोपाइँ

सुर्खेत । कर्णाली प्रदेशमा असारको दोस्रो सातासम्म ३९ प्रतिशत धान रोपाईं भएको छ । कर्णालीमा धान हुने कूल ४९ हजार ४२५ हेक्टर जमीन मध्ये हालसम्म १९ हजार २४२ हेक्टरमा ३९ प्रतिशत धान रोपाइँ सकिएको हो ।

त्यस्तै दुई ७६ हेक्टर धान खेती हुने डोल्पामा शतप्रतिशत रोपाइँ भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिनुभयो । त्यस्तै १३ हजार पाँच सय दुई हेक्टर क्षेत्रफलमा धान खेती गरिने सुर्खेतमा भने हालसम्म १५ प्रतिशत मात्र रोपाइँ भएको प्रवक्ता पण्डितले बताउनुभयो ।

आठ हजार तीन सय एक हेक्टर जमीनमा धान खेती हुने दैलेखमा १५, सात हजार ७८ हेक्टर क्षेत्रफल भएको सल्यानमा ६५, चार हजार १६७ हेक्टर क्षेत्रफलको मुगुमा ६५ र तीन हजार ७० हेक्टर क्षेत्रफल भएको जाजरकोटमा ६५ प्रतिशत धान रोपाइँ भएको उहाँले जनाउनुभयो । ३६ हजार पाँच सय ७४ हेक्टर क्षेत्रफल भएको हुम्लामा ९५, दुई हजार पाँच सय ७७ हेक्टर जमिन भएको कालीकोटमा २७ र दुई हजार ८ सय हेक्टर क्षेत्रफल भएको जुम्लामा ९७ प्रतिशत धान रोपाइँ भएको छ ।

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कोभिड–१९ का कारण धान रोपाइँमा ढिलाई भएको जनाउनुभयो । मन्त्री केसीले भन्नुभयो, “कोरोनाको जोखिम अवस्थालाई ध्यानमा राखेर भौतिक दूरी कायम गर्दै कृषि कर्ममा क्रियाशिल हुन किसानहरुलाई अपिल गरिएको छ । यसअघि किसानहरुलाई खेती तथा धान रोपाईं कार्यमा कोरोनाले अन्योल बनाएपनि अब रोपाइँ कार्य तीव्र गतिमा जान्छ ।”

उत्पादनका कार्यलाई निरन्तरता दिनुका साथै यसको वृद्धि गर्नेतर्फ ध्यान नदिइए निकट भविष्यमा खाद्य तथा पोषण असुरक्षाको खतरा बढ्न सक्ने कुरालाई सचेत गराउँदै उहाँले कृषि सम्बन्धी सम्पूर्ण गतिविधिहरुमा संलग्न हुँदा आवश्यक सतर्कता अपनाइ सो कार्यलाई नियमित राख्न किसानहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।