त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे कार्यदल गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सेमेष्टर प्रणालीका परीक्षाका विषयमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यदलले दिएको सुझावका आधारमा सेमेष्टर परीक्षाबारे निर्णय गर्ने बताउनुभयो ।

‘कार्यदलले दिएको सुझावको आधारमा हामीले परीक्षाका बारेमा निर्णय गर्ने छौँ’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म सेमेष्टर प्रणालीका परीक्षाका बारेमा कुनै निर्णय गरेका छैनौँ ।’ कोभिड १९ को कारणले त्रिविको स्नातक तहको दोस्रो, चौथो तथा स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेष्टरको परीक्षा स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।