थप ३१६ जनामा कोरोना, संक्रमित संख्या १३,५६४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा तीन सय १६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ७१ महिला र दुइ सय ४५ पुरुष गरी थप तीन सय १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार पाँच सय ६४ जना पुगेको छ । नेपालमा हालसम्म ७६ जिल्लामा काेराेना भाइरस फैलिसकेकाे छ । नेपालमा पछिल्लो २४ घण्टामा ६० जनाले कोरोना भाइरस जितेर घर फर्किएकाे मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन् । देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।