प्रधानमन्त्रीको अभिव्यक्तिबारे नेकपा स्थायी समितिमा गम्भीर बहस

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले केही दिनअघि दिनुभएको अभिव्यक्तिबारे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा  गम्भीर बहस भएकाे छ ।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको ६९ औं जन्मजयन्ती अवसरमा आयोजित कार्यक्रममा आफूलाई पदबाट हटाउन भारत लागेको अभिव्यक्ति दिनुभएको थियो । प्रधानमन्त्रीले आफूलाई पदबाट कसले हटाउन नसक्ने दाबी समेत गर्नुभएको थियो । नेकपाको मंगलबारको स्यायी समिति बैठकमा प्रधानमन्त्री ओलीको त्यो अभिव्यक्तिबारे गम्भीर रुपमा छलफल भएको हाे ।

प्रधानमन्त्रीको अभिव्यक्तिले स्थायी समिति बैठककाे छलफलको एजेण्डा नै परिवर्तन भएको छ । मंगलबारको बैठकमा स्थायी समिति सदस्यहरुले कोरोना भाइरस लगायत विभिन्न विषयमा छलफल गर्ने कार्यसूची थियो । तर बैठक प्रधानमन्त्रीको अभिव्यक्तिमै केन्द्रित हुन पुगेकाे छ ।  बैठकको शुरुमै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर रहेको भन्दै त्यसबारे पार्टीमा गम्भीर  छलफल हुनुपर्ने धारणा राख्नु भएको एक स्थायी समिति सदस्यले जनता समाचारलाई बताउनुभयो ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम लगायतका नेताले पनि ‘प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर’ भन्दै त्यसबारे बैठकलाई यथार्थ जानकारी गराउनुपर्ने धारणा राख्नु भएको ती स्थायी समिति सदस्यको भनाई छ ।

माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा सदस्य बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनर्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट र भीम आचार्य लगायत १८ नेताले आफ्नो धारणा राख्नुभएको छ ।अर्को बैठक बुधबार ११ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।