सुदूरपश्चिममा थप १२१ जनामा कोरोना, संक्रमित संख्या २,४५७

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा एक सय २१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार एकैदिन सुदूरपश्चिम प्रदेशमा एक सय २१ जनामा कोरोना संक्रमण देखिएको हो ।योसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ४ सय ५७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेश ५ मा ४७ जनामा कोरोना संक्रमण देखिएको छ । यहाँ जम्मा संक्रमित संख्या तीन हजार ८ सय ७ जना पुगेकाे छ । प्रदेश नम्बर २ मा आज ८२ गरी कुल तीन हजार ७ सय ९४, गण्डकी प्रदेशमा आज २५ सहित कुल एक हजार १७, कर्णाली प्रदेशमा आज १३ गरी एक हजार चार सय ३६ जना संक्रमित रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा आज १२ गरी कुल ५ सय ९५ र बागमती प्रदेशमा आज १६ गरी कुल ४ सय २८ जना संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।