निजामती सेवा विधेयकप्रति कर्मचारी ट्रेड यूनियनको आपत्ति

काठमाडौं । संसदीय समितिले संघीय निजामती सेवा विधेयक पारित गरेपछि निजामती कर्मचारीको आधिकारिक ट्रेड यूनियनले आपत्ति जनाएको छ । यूनियनले विधेयक नसच्याए कडा आन्दोलन थाल्ने चेतावनी समेत दिएको छ ।

ट्रेड युनियनका अध्यक्ष भोलानाथ पोखरेलले ट्रेड युनियन खारेज गरिनु विश्वव्यापी मूल्य मान्यताविरुद्ध भएको बताउनु भयो । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित निजामती सेवा विधेयकमा निजामती सेवामा एक आधिकारिक कर्मचारी युनियन रहने व्यवस्था छ ।

हाल राजनीतिक दल निकटका विभिन्न ट्रेड युनियनहरु छन् । आधिकारिक युनियनबाहेक दलीय ट्रेड युनियन खारेज हुने व्यवस्था समितिले गरेपछि कर्मचारी ट्रेड युनियनका नेताहरु असन्तुष्ट भएका हुन् ।  नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटालेप्रदेश वा स्थानीय तहमा समायोजन भएर गएका कर्मचारीलाई संघमा फर्किने बाटो खुला गर्नुपर्ने बताउनु भयो ।

श्रेणी विहीनदेखि विशिष्ट श्रेणीसम्मका कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाको अवसर दिनुपर्ने, स्थायी कर्मचारीलाई खुला वा आन्तरिक प्रतिस्पर्धाका लागि उमेर हद तोक्न नहुने संगठनको माग छ । यसैबीच विधेयकमा असहमति जनाउँदै युनियनले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।