बार्सिलोनाले प्रमुख प्रशिक्षकलाई बर्खास्त गर्ने संम्भावना

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले प्रमुख प्रशिक्षक क्विके सेटिनलाई बर्खास्त गर्ने संम्भावना बढेको छ । कोरोना भाइरस (कोभिड–१९) कोे महामारीपछि पुनः सुचारु भएको लिगमा क्लबको खराब प्रदर्शनको कारण देखाउँदै सेटिनको बर्खास्तिको तयारी भएको हो ।

पछिल्ला केही खेलमा बार्सिलोनाले खासै राम्रो लय देखाउन सकेको छैन । पछिल्ला ५ खेलमा २ मा बार्सिलोनाले बराबरी खेलेको छ । बराबरीका कारण ला लिगाको होड केही कमजोर बनेको छ । लिग पुनः सुचारु हुनुअघि कुईके सेटिनको नेतृत्वमा रहेको बार्सिलिना पहिलो स्थानमा थियो र रियल मड्रिड भन्दा २ अंन्क बढी थियो तर कोरोना महामारीपछि खराब लयका कारण अहिले बार्सिलोना २ अंकले पछि परेको छ । लिगमा उपाधि उचाल्न केही कठिन खेल खेल्ने बाद्यात्मक परिस्थिती एकातिर छ भने खेलाडीलाई प्रशिक्षकसँग सन्तुष्ट राख्ने खाँचो पनि छ ।

त्यसकारण बार्सिलोना ब्यपस्थापनले आगामी खेलबाट सेटिनको भविष्य निर्धारण हुने बताएको केही विदेशी समाचार माद्यममा खबर छ । बार्सिलोनाले यसैवर्ष जनवरीमा आफ्ना प्रशिक्षक एर्नेस्टो भालभर्डेलाई बर्खास्त गरेर सेटिनलाई भित्राएको थियो । यसैबीच स्पेनिस ला लिगा क्लब भ्यालेन्सियाले प्रशिक्षक अलवर्ट सेलाडेसलाई बर्खास्त गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि सुरुभएको लिगमा क्लबको खराब प्रदर्शनका कारण सेलाडेसलाई बर्खास्त गरिएको हो । नियुक्ति पाएको नवौँ महिनामा क्लबले उनलाई निकाल्यो । भ्यालेन्सिया लिग तालिकाको ८ औँ स्थानमा छ भने पछिल्ला ४ खेलमा १ मा मात्र जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।