सशस्त्र प्रहरीको शव नहरमा भेटियाे

सिरहा । सशस्त्र प्रहरी जवानको शव नहरमा डुवेको अवस्थामा फेला परेको छ । सिरहा नपा–१४ मा रहेको नहरमा डुवेको अवस्थामा सशस्त्र प्रहरी पोष्ट माडरमा कार्यरत महोत्तरी सोनवा गाउँ पालिका–३ का २३ वर्षिय सशस्त्र प्रहरी जवान मनोज कुमार यादवको मंगलबार अपरान्ह शव फेलापरेको हो ।

उनी कसरी नहरमा डुवेको भन्ने अझै नखुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी विनोद घिमिरेले बताउनुभयो । मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भईरहेको सूचना अधिकारी भिमिरेले जानकारी दिनुभयो ।

यादवको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहामा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।