यस्ताे छ आजकाे माैसमी अवस्था

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले दैनिक वर्षा भइरहेकाे छ । बुधबार देशभर सामान्य बादल लाग्ने र सुदूर पश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का धेरै स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ।

बुधबार दिउँसाे देशका सबै प्रदेशमा सामान्य बादल लाग्ने र धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जानकारी दिएकाे छ ।

त्यस्तै राति पनि हल्कादेखि मध्य वर्षाकाे सम्भावना रहेकाे छ । महाशाखाका अनुसार  बुधबार राति देशको सबै प्रदेशमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

केही स्थानमा मुसलधारे वर्षाकाे पनि सम्भावना भएकाले बाढी पहिराेबाट बच्न महाशाखाले सर्वसाधारणमा अनुराेध पनि गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।

सदरमुकामबाट टाढा भएका कारण जिल्लाबाट खटिएको सुरक्षाकर्मीको टोली भने घटनास्थल पुग्न सकेको छैन।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार ११ अन्तर्राष्ट्रिय उडान हुँदैछ । विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि एकैदिन ११ अन्तर्राष्ट्रिय उडान…