एक करोड पाँच लाखमा काेराेना संक्रमण, ५७ लाख घर फर्किए

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमित संख्या १ करोड पाँच लाख ८३ हजार ८ सय ७८ पुगेको छ । विश्व स्वस्थ्य संगठनका अनुसार विगत २४ घण्टामा मात्रै एक लाख ७० हजार पाँच सय ५२ जना संक्रमित थपिएका छन् ।

हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख १३ हजार एक सय ३९ पुगेको छ । त्यस्तै, ५७ लाख ८३ हजार नौ सय ८३ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

विगत २४ घण्टामा मात्रै कोरोनाबाट एक लाख ७० हजार ५ सय ५२ जना संक्रमित भएका छन् भने पाँच हजार २५ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । दोस्रो प्रभावितमा ब्राजिल रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालमा हालसम्म १३ हजार ५ सय ६४ जनामा संक्रमण देखिएको छ । २९ जनाले ज्यान गुमाएका छन् भने ३ हजार एक सय ९४ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।