नेपाल बङ्गलादेश बैंकको ९६ औँ शाखा काँडाघारीमा सञ्चालन

काठमाडाैं । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा ९६औँ शाखा काठमाडौंकाे काँडाघारीमा संचालनमा ल्याएको छ । बैंकले असार १५ गतेबाट काठमाडौं जिल्लाको काँडाघारीमा शाखाकाे औपचारिक कारोबार शुभारम्भ गरेको हो ।
शाखाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले गर्नुभएको थियो । बैंकले काँडाघारी क्षेत्रका सर्वसाधारणलाई सहज बैकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजालमा नयाँ शाखा विस्तार गरेको जनाएकाे छ।
साथै शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैकिङ्ग सेवा प्राप्त गर्न सक्ने बताइएकाे छ।
काँडाघारी शाखासहित बैंकले ९६ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटीएमबाट बैंकिङ्ग सुविधा प्रदान गरिरहेकाे बैंकले जानकारी दिएकाे छ ।